उपत्यकाबाट बिहानै ३०२ सवारीसाधन नियन्त्रणमा

nepal-police-1-800x445
काठमाडौं ।
प्रहरीले काठमाडौं उपत्यकाबाट ३०२ सवारी साधन नियन्त्रणमा लिएको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना (कोभिड–१९)भाइरस रोकथामका लागि लागू गरिएको लकडाउन उल्लंघन गर्ने सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

महागनरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार बुधबार बिहान ८ बजेसम्म मात्रै ३ सय २ वटा सवारीसाधन नियन्त्रणमा लिइएको छ। सबैभन्दा बढी कालिमाटीबाट ३३ वटा सवारीसाधन नियन्त्रणमा परेका छन् । महाशाखाको टोलीले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट गाडी नियन्त्रणमा लिएको हो । अटेर गरी सवारीसाधन सञ्चालन गरेका साधनलाई नियन्त्रणमा लिएको महाशाखाकाले जनाएको छ । 

घरबाट अनावश्यक रूपमा निस्केका सर्वसाधारणलाई सम्झाई बुझाई घरतर्फ नै फर्काइएको र अत्यावश्यक सेवा र अनुमतिपत्र लिएका सवारीसाधन मात्रै चलाउन पाउने नियम कडाइका साथ पालना गर्न लगाइएको हो । मङ्गलबार मुलुकका विभिन्न ठाउँबाट एक हजारभन्दा बढी सवारीसाधन नियन्त्रणमा लिइएको थियो । सरकारले कोरोना भाइरस फैलिन नदिन मङ्गलबारदेखि चैत १८ गते बिहान ६ बजेसम्मका लागि ‘लकडाउन’ गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित