मलेसियामा लकडाउन १४ अप्रिलसम्मलाई थप, मृत्यु हुने १६ पुगे, नेपाली सुरक्षित

Malysia
मलेसिया।
मलेसिया सरकारले कोरोना भाईरस ( कोभिड १९) संक्रमण नियन्त्रण गर्न १८ मार्च देखि ३१ मार्च सम्म भनिएको बन्द अबधि बढाएर अप्रिल १४ सम्म थपेको छ । मलेसियामा संक्रमित दिनानुदिन बढदै गएको र मृत्यु दर पनि बढेपछि यस्तो किसिमको नियन्त्रण आदेश जारी गरेको मलेसिया सरकारले जनाएको छ ।
मलेसियामा हालसम्म १६ जनाको मृत्यु भईसकेको छ भने १६२४ जनामा संक्रमण र १ सय ८३ जनाको उपचार सम्भव भएको छ ।

मलेसियाले यस्तो किसिमको बन्दलाई लकडाउन नभनेर मोभमेन्ट कन्ट्रोल अडर (एमओसि) भनेको छ । यस्तो बन्दमा सरकारले तोकेको अत्यावश्यक काम र क्षेत्र बाहेक सबै बन्द रहनेछन् । करिब ५ लाख बढि नेपाली कार्यरत रहेको मलेसियामा अहिलेसम्म नेपाली सुरक्षित रहेको दुतावासले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित