फिजिकल डिस्टेन्स कायम गर्न पुतली बगैचाबाट काम सुरू गर्दै उपप्रधानमन्त्री

putali-bagaicha_upapradhanmantri
काठमाडौँ ।
उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले पुतली बगैचाबाट काम सुरू गरेका छन। मन्त्री पोखरेलले कार्यकक्षमा भेटघाट गर्दा फिजिकल डिस्टेन्स कायम गर्न समस्या आउने भएकाले रक्षा मन्त्रालय परिसरस्थित पुतली बगैचामा रहेको फराकिलो ठाउँबाट काम सुरू गरेका हुन्।

कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट बच्न उपप्रधानमन्त्री पोखरेलले पुतली बगैंचाबाट पाल टाँगेर कार्यालय बनाइएको सचिवालयले जनाएको छ ।

कोरोना महामारी रोकथामका सम्पूर्ण कार्यसम्पादन रक्षा मन्त्रालयको आँगन पुतलीबगैचाबाट हुने पोखरेलका प्रेस संयोजक लोकन्द्र केसीले बताएका छन् । कोरोना रोकथाम तथा नियन्त्रणका लागि बनेको उच्च स्तरीय समन्वय समितिका संयोजकसमेत रहेका पोखरेलले बुधबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट, उर्जामन्त्री वर्षमान पुन, कृषि मन्त्री घनश्याम भुषाल लगायतसँग बगैंचामै भेटघाट गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित