महानिरीक्षक ज्ञवालीबाट एआइजीहरुलाई दर्ज्यानी चिह्न प्रदान

NEpal Police

काठमाडौं । प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले प्रहरी नायव महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) मा पदोन्नति भएका वरिष्ठ प्रहरी अधिकृतलाई आज दर्ज्यानी चिह्न प्रदान गरेका छन् । उनले तारिणीप्रसाद लम्साल, शैलेश थापाक्षेत्री र हरिबहादुर पाललाई आज एक समारोहबीच दर्ज्यानी चिन्ह प्रदान गरे ।

नेपाल सरकार (मन्त्रीपरिषद्) को २०७६ चैत ९ गतेको निर्णयअनुसार उनीहरु प्रहरी नायव महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति भएका थिए ।

उक्त अवसरमा प्रहरी महानिरीक्षक ज्ञवालीले प्रहरी अधिकृतहरुको मेहनत, लगनशीलता, इमानदारिता र प्रष्ट सेवाभावको कदर स्वरुप पदोन्नति भएको प्रसङ्ग जोड्दै सङ्गठनलाई थप चलायमान बनाउनेतर्फ लाग्न निर्देशन दिए ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको नोवेल कोरोना भाइरस (कोभिड–१९) को प्रकोपलाई नेपाल प्रहरीले धैर्य, निष्पक्ष, सहनशील भएर जनता र राष्ट्र सेवामा जुट्नुपर्नेमा उनले जोड दिए ।

प्रतिक्रिया

सम्बन्धित