कांग्रेस र माओवादीबाट को -को बन्दै छन् मन्त्री ?

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिमण्डल विस्तारको गृहकार्य सुरु गरेका छन् । प्रधानमन्त्रीको कार्यभार सम्हालेको एक महिनापछि देउवाले मन्त्रिमण्डल विस्तारको तयारी थालेका हुन् । देउवाले आफ्नो दल नेपाली कांग्रेस, माओवादी केन्द्र, फोरम लोकतान्त्रिक र केही साना दलहरूका तर्फबाट मन्त्री बनाउने तयारी गरेका हुन् ।

  देउवाले शुक्रबारभित्रै कुनै पनि दिन मन्त्रिमण्डल विस्तार गर्ने छन् । माओवादी केन्द्र र फोरम लोकतान्त्रिकले मन्त्रिमण्डल विस्तारका लागि देउवालाई दवाव दिँदै आएका छन् ।

 मन्त्री बन्ने सूचीमा माओवादी केन्द्रबाट गिरिराजमणि पोखरेल (स्वास्थ्य), महेन्द्रकुमार शाही (उर्जा), सीता नेपाली, शिवकुमार मण्डल, रामनारायण बिडारी, रेखा शर्मालगायतको नाम चर्चामा छ । देउवाले बरिष्ठ नेता रामचन्द्र पौडेल, खुमबहादुर खड्का, कृष्णप्रसाद सिटौला पक्षलाई पनि मन्त्रालय दिने तयारी गरेका छन् । सिटौला पक्षबाट भीमसेनदास प्रधान मन्त्री बन्ने भएका छन् । पौडेल पक्षमा मन्त्रीका आकांक्षी धेरै रहेकाले कसलाई पठाउने भन्नेमा उनी द्विविधामा परेका छन् । पौडेल समूहबाट रामशरण महत, बलबहादुर केसीले आफैं मन्त्री बन्ने इच्छा देखाएका छन् । तर, महत र केसीको गुटलाई मन्त्री दिने पक्षमा पौडेल छैनन् । आफ्नो पक्षलाई प्राप्त हुने चारवटा कोटामा पौडेलले महेश आचार्यका अलावा महिलाबाट कमला पन्त, जनजातिबाट धनराज गुरुङ र मधेसीबाट रामकृष्ण यादवलाई मन्त्री बनाउने स्रोतले दाबी गरेको छ । महामन्त्री डा.शशांक कोइरालाको कोटामा दीपक गिरी फेरि मन्त्री बन्ने सूचीमा परेका छन् ।

 खुमबहादुर खड्का समूहबाट मोहनबहादुर बस्नेत मन्त्री बन्ने निश्चित जस्तै रहेको छ । सप्तरीका सुरेन्द्र यादब पनि मन्त्री बन्ने तयारीमा छन् । खुमबहादुर खड्का समूहबाट टेकबहादुर गुरुङले पनि दाबी गर्दै आएका छन् । देउवा समूहबाट मदन अमात्य, ध्यानगोविन्द रञ्जित, राधेचन्द्र यादव, भरत शाह, मानबहादुर विश्वकर्मा, हरि नेपाल, अम्बिका बस्नेत, ईश्वरी न्यौपाने, वीरबहादुर बलायर, बहादुरसिंह लामा, बहादुरसिंह थापा, अर्जुनप्रसाद जोशी, सुरेन्द्र यादवलगायतले मन्त्रीको आकांक्षा राखेका छन् । फोरम लोकतान्त्रिकबाट जितेन्द्र देव र गोपाल दहितले मन्त्री पदको सपथ लिने पक्का छ ।

प्रतिक्रिया

सम्बन्धित