एनआरएन कोरियाले नेपाल सरकारलाई तत्काल दुई हजार किट्स दिने

NRNA
सिओल ।
बिश्वब्यापि रुपमा भैलिएको कारोना संक्रमण नेपालमा न्युुनिकरणका लागि गैरआवासीय नेपाली सङ्घ दक्षिण कोरियाले कोरोना भाइरस सङ्क्रमण भएनभएको जाँच गर्न प्रयोग हुने दुई हजार किट्स नेपाल सरकारलाई तत्काल सहयोग गर्ने भएको छ । एनआरएन कोरियाले कारियामा रहेका नेपालीसँग सहयोग सङ्कलन गरि सो किट उपलब्ध गराउन लागेको हो । किट्स प्रदान गर्ने कम्पनी डोगेनसँग दुई हजार प्रति किट्सको सम्झौता भएको एनआरएन कोरियाले जनाएको छ ।

प्रति किट्स बीस हजार कोरियाली वन रु दुई हजार पर्ने भएकाले दुई हजार किट्स लागि रु ४० लाख लाग्ने अनुमान छ । कोरियामा रहेका नेपालीले प्रतिव्यक्ति एक किट्स बराबर रकम सहयोग गर्न एनआरएन कोरियाका अध्यक्ष यज्ञराज सुवेदीले आग्रह गरेका छन् ।

उनले भनेका छन्, ‘यतिबेला मातृभूमि नेपालले कोरोना भाइरसका कारण जुन विषम परिस्थिति भोग्नुपरेको छ, त्यसका लागि सहयोग गर्न सम्पूर्ण कोरियावासी नेपालीहरूमा अनुरोध गर्दछु ।’

उक्त किट्स कोभिड– १९ को सङ्क्रमणको शङ्का भएका बिरामीमा हो हैन भन्ने पुष्टि गर्न प्रयोग हुन्छ । किट्समा बिरामीको र्‍याल राखेर स्क्यान मेशिनमा स्क्यान गरिएपछि तीन घण्टामै कोभिड बिरामी हो वा हैन भन्ने पत्ता लाग्छ ।

बिहीबार दिनभर सहयोग सङ्कलन गरेर शुक्रबार कार्गोमार्फत उक्त किट्स चीन पठाइने र चीनबाट नेपाल सरकारको सम्बन्धित निकायले शुक्रबार नै नेपाल पुर्‍याउने तयारी भएकोसमेत अध्यक्ष सुवेदीले बताए ।

दक्षिण कोरियामा झण्डै ६० हजार नेपाली विभिन्न स्थानमा बसोबास गर्छन् । हालसम्म यहाँ रहेका नेपाली कोरोना सङ्क्रमण हुनबाट सुरक्षित छन् ।
कोरोनाभाइरस ९कोभिड–१९०को सङ्क्रमण विश्वभर चार लाख ४० हजार १४५ व्यक्तिमा पुष्टि भएको छ । विश्वभर प्रकोपका रूपमा फैलिएको यस भाइरसको सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या बिहीबार बिहानसम्ममा २१ हजार १ सय ९१ जनाको पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित