श्रीमानको हत्या गर्ने श्रीमतीसहित प्रेमी पक्राउ

killer

जनकपुर । धनुषाको शहीदनगर नगरपालिकामा श्रीमानको हत्यामा संलग्न रहेको आरोपमा श्रीमतीसहित उनका एक पुरुष मित्रलाई प्रहरीले पक्राउ गरेको छ ।

धनुषाको शहीदनगर नगरपालिका–३ का ६० वर्षीयराजकिशोर मण्डलकी श्रीमती कौशिलादेवी र सोही नगरपालिका वडा नम्बर ७ बस्नेअन्दाजी २७ वर्षीय राकेशकुमार पक्राउ परेका हुन् ।

शहीदनगरको डिहबारस्थित आफ्नै घरको कोठामासुतिरहेका राजकिशोरमाथि कंक्रिट प्रहार गरेर कौशिलादेवी र राकेशले हत्यागरेको प्रहरीको आरोप लगाएको छ ।

२७ फागुनमा होलीको दिन कोशिलादेवी र राकेशबीच टेलिफोनमा कुराकानी भई योजनाबद्ध ढंगले राजकिशोरको हत्या भएको प्रहरीको दाबी छ ।

प्रहरीले राजकिशोरलाई राति खानामा नसालुट्याब्लेट मिसाएर खुवाइएको र नसामा मातेर सुतिरहेको अवस्थामा कौशिलादेवीलेराकेशलाई घरमा बोलाएर हत्या गर्न लगाएको जानकारी दिएको छ ।

राजकिशोर सुतिरहेका बेला दुवैजना मिलेरकंक्रिट प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरीनायब उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए ।

राजकिशोरको निधारमा पटक–पटक प्रहार गरीविभत्स तरिकाले हत्या गरेको अनुसन्धानबाट खुल्न आएको कार्कीले बताए ।घटनाको जानकारी पाउनासाथ प्रहरीले अनुसन्धान सुरु गरेका थिए ।

प्रहरीले कोशिलादेवीलाई घटनास्थलबाटै रराकेशकुमार मण्डललाई उनको घरबाट पक्राउ गरेको छ । राकेशको कौशिलादेवीसँगप्रेम सम्बन्ध रहेको समेत प्रहरीको दाबी छ ।

प्रहरी नियन्त्रणमा रहेका उनीहरुलेढुंगाले टाउकोमा प्रहार राजकिशोरको हत्या गरेको स्वीकार गरेका छन् ।नियन्त्रणमा लिएका दुवैजनामाथि कर्तव्य ज्यान मुद्दा दर्ता भई थप अनुसन्धानकार्य भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित