कतार एयरवेजमा नेपाल फर्केका काभ्रेका थप ५ जना सम्पर्कमा

Qatar Airways
काभ्रे ।
सरकारले कतार एयरको जहाजमा संक्रमित युवतीसँगै आएकाहरुलाई सम्पर्कमा आउन आह्‍वान गरेसँगै कोरोना संक्रमित युवतीसँगै आएका काभ्रेका थप पाँच जना सम्पर्कमा आएका छन् ।  सम्पर्क आएकामध्ये ३ महिला र २ पुरुष हुन् । उनीहरु सबै अमेरिकाबाट कतार हुँदै नेपाल आएका थिए ।


सम्पर्कमा आएका चार जना काभ्रेका रहेको र एक जनाको ठेगाना पुष्टि हुन बाँकी रहेको काभ्रेका प्रजिअ श्रवणकुमार तिमल्सिना बताएका छन् । उनीहरु डाक्टरको सल्लाहअनुसार घरमै सेल्फ क्वरेन्टाइनमा बसिरहेको प्रजिअ तिमल्सिनाले जानकारी दिएका छन् ।

उनीहरुलाई चेकजाँचको लागि टेकु अस्पताल लैजाने तयारी भइरहेको पनि उनले बताए । कोराना भाइरस (कोभिड–१९) को पुष्टि भएकी युवतीसँगै विमानमा बनेपा नाला र धुलिखेल काभ्रे भञ्ज्याङका २ जना मंगलबार नै सम्पर्कमा आएका थिए।

 

प्रतिक्रिया

सम्बन्धित