५९ जना फ्रान्सेली नागरिकहरुको बुद्ध एयरको जहाज मार्फत पोखराबाट उद्धार

buddha_air_udan
पोखरा ।
पोखरामा अलपत्र परेका ५९ जना फ्रान्सेली नागरिकलाई काठमाडौंस्थित फ्रान्सेली दूतावासले जहाज चार्टर्ड गरेर उद्धार गरेको छ। २४ जना पुरूष, ३४ महिला र एक बच्चालाई बिहीबार दिउँसो साढे ४ बजेतिर बुद्ध एयरको जहाजमा उनीहरू काठमाडौं लगिएको हो। लकडाउनमा सम्पूर्ण आन्तरिक उडान बन्द गरिए पनि फ्रान्सेली नागरिकलाई उद्धार गर्न बुद्ध एयरको जहाज विशेष अनुमति लिएर काठमाडौंबाट गएको थियो।

यसअघि मुस्ताङमा अलपत्र परेका विभिन्न देशका ७० जना पर्यटकलाई पनि आजै गाडीमा राखेर काठमाडौं पठाइएको थियो। यस्तै, फ्रान्स सरकारले नेपालमा रहेका आफ्ना नागरिकलाई लैजान फ्रान्सबाट चार्टर्ड प्लेन नेपाल पठाउने तयारी समेत गरेको छ । फ्रेन्च दूतावासकै पहलमा देशका विभिन्न स्थानमा रहेका फ्रान्सेली नागरिकलाई काठमाडौं ल्याउन लागिएको हो ।

प्रतिक्रिया

सम्बन्धित