तपापाई पनि किन्ने हो डिस होमको सेयर ?

काठमाडौं : डिस मिडियाअन्तर्गतको डिस होम प्रा. लि. पव्लिक कम्पनी भएको छ। डिस मिडियालाई कम्पनी रजिष्टारको कार्यालयले पव्लिक कम्पनीको प्रमाणपत्र प्रदान गरेको छ। प्राइभेट कम्पनीका रुपमा दर्ता भई संचालनमा रहँदै आएकोमा पव्लिकमा परिवर्तन गरिएको हो। टेलिभिजन सिग्नल प्रदान गर्दै आएको डिस होम ‘डिस मिडिया’ कम्पनीको रुपमा दर्ता छ। पव्लिकका रुपमा कम्पनी दर्ता भएसँगै उसले सर्वसाधारणलाई सेयर जारी गर्ने छ। धितोपत्र बोर्डमा यसको प्रक्रिया सुरु गरी सर्वसाधारणलाई सेयर दिइने कम्पनीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित