२ सय ८३ तहको परिणाम आउँदा एमाले १२३, कांग्रेस १०७ र माओवादी ३६ मा विजयी

काठमाडौं : असार १४ मा भएको दोस्रो चरण निर्वाचनको मत परिणाम आउनेक्रम जारी छ । प्रदेश १, ५ र ७ का ३५ जिल्लाका ३३४ स्थानीय तहमा भएको निर्वाचनको अहिलेसम्म २ सय ८३ स्थानको नतिजा आइसकेको छ भने बाँकीको पनि मतगणना लगभग अन्तिम चरणमा पुगेको छ । दिउसो दुई बजेसम्मको नतिजाअनुसार अग्रता नेकपा एमालेले १ सय २३ स्थानमा विजयी हासिल गरेको छ भने कांग्रेसले १ सय ७ र माओवादी केन्द्रले ३३ तहमा जितेका छन् । त्यस्तै नेपाल लोकतान्त्रिक फोरम ४, राप्रपा ३, संघीय समाजवादी फोरम नेपाल ३, राष्ट्रिय जनमोर्चाले २ र स्वतन्त्र एक ठाउँमा विजयी भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित