विद्यालय भवन क्वारेन्टाइनका लागि उपलब्ध गराउन तयार छाैंः अध्यक्ष सुवेदी

Chitwan_sudip subedi

चितवन । चितवनको गंगानगर माध्यमिक विद्यालयले कोरोना भाइरस (कोभिड–१९) को नियन्त्रणमा अस्थायी क्वारेन्टाइनका लागि विद्यालय भवन उपलब्ध गराउने भएको छ । भरतपुुर महानगरपालिका वडा नं. १३ मा रहेको विद्यालय भवनलाई आवश्यक भएको खण्डमा अस्थायी रुपमा क्वारेन्टाइनका लागि प्रयोग गर्न दिने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुदीप सुवेदीले माइन्यूजनेपालसँग बताए ।

सुवेदीले विश्वमा महामारीको रुपमा फैलिइरहेको भाइरसले हालसम्म नेपालमा त्यतिधेरै नदेखिएकोले समयमै सबै नेपालीले साबधानी अपनाउनुपर्ने बताए । उनले सरकारले आह्वान गरेको सात दिने लकडाउन आवश्यक परेमा अझै बढाएमा पनि आफूहरुले साथ दिने बताए ।

उनले भने, ‘भाइरसले देशभर नै महामारीको रुप लिनुभन्दा पहिले नै साबधानीका लागि थप लकडाउन गर्नुपरे पनि सरकार पछि हट्नुहुँदैन, हामीले पूर्ण पालना गर्न तयार छौं ।’

त्यस्तै, विद्यालयले विश्वव्यापी रुपमा महामारीको रुपमा फैलिइरहेको कोरोना भाइरस (कोभिड–१९) को जोखिमबाट बच्नका लागि एक जुट हुन आग्रह गरेको छ । विद्यालयका व्यवस्थापन समिति अध्यक्ष सुदीप सुवेदी र प्रधानाध्यापक श्रीराम देवकोटाद्वारा संयुक्त रुपमा हस्ताक्षरित विज्ञप्तिमा उक्त कुरा उल्लेख गरिएको हो ।

विज्ञप्तिमा विश्वको जुनसुकै स्थानमा विभिन्न प्रयोजनका लागि गएका यस विद्यालयका पूर्वविद्यार्थी एवं सम्पूर्ण नेपालीहरुले आफू र आप्mनो परिवारको स्वास्थ्यलाई ख्याल गर्दै विश्वमै महामारीको रुपमा फैलिएको कोराना भाइरसबाट बच्नका लागि साबधानी अपनाउन पनि अनुरोध गरिएको छ ।

विज्ञप्ति:

Ganganagar

प्रतिक्रिया

सम्बन्धित