माडीलाई मणि बनाउने सपना साकार पार्ने प्रचण्डको दाबी

चितवन। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले देश समृद्धिको दिशामा अघि बढेको वताएका छन् । माडीको बरुवामा आयोजित विजयी सभालाई सम्बोधन गर्दै प्रचण्डले निर्वाचनको समयमा वाम गठबन्धनको पक्षमा देखिएको जनलहर समृद्धि, सुशासन र एकताका लागि भएको बताए ।

  देश र जनतालाई अहिले विकासको आबश्यकता छ  भन्दै प्रचण्डले जनतामाझ आफूले गरेका प्रतिबद्धता पूरा गरिछाड्ने बताए ।

 आफूले निर्वाचनको समयमा माडीलाई मणि बनाउने सपना देखेको बताउँदै अब त्यो सपना साकार हुने प्रतिबद्धता व्यक्त गरे ।  माडीमा रिङरोड निर्माण गर्ने, पर्यटकीय केन्द्र बनाउने, चितवन र माडीको विकासका लागि सधै प्रतिबद्ध रहने, कृषि, पर्यटन र पूर्वाधार विकासका दृष्टिकोणले जनताले अनुभूति गर्ने गरी काम गर्ने अध्यक्ष प्रचण्डले उल्लेख गरेका छन् ।

 माडी क्षेत्रमा नदी कटान नियन्त्रणका लागि रिभर म्यानेजमेन्ट मास्टर प्लानअन्तर्गत काम गर्ने बताउँदै उहाँले जंगली जनावरबाट हुने क्षति न्यूनीकरणका लागि पर्खालसहितको मेसजाली निर्माण गर्ने बताए ।

प्रतिक्रिया

सम्बन्धित