कोरोना कष्टः रोकिएन इटालीमा मृत्यु, २४ घन्टामा ९१९ जनाको मृत्यु

Korona
काठमाडौं । कोरोना भाइरसका कारण २४ घन्टामा इटालीमा हालसम्मकै सबैभन्दा बढी मानिसको ज्यान लिएको छ । पछिल्लो २४ घन्टामा इटालीमा ९१९ जनाले ज्यान गुमाएको सञ्चारमाध्यमहरुले जनाएका छन् ।

यससँगै कोरोना भाइरसका कारण सबैभन्दा बढी क्षति हालसम्म इटली र स्पेनले भोगेका छन् । पछिल्लो २४ घन्टामा इटालीमा ९१९ जना र स्पेनमा ७६९ जनाको मृत्यु भएपछि यी दुई देशहरुमा मात्रै संक्रमणका कारण मर्नेको संख्या १४ हजार भन्दा बढी पुगेको छ ।

हालसम्म इटालीमा विश्वमै सबैभन्दा धेरै ९हजार १ सय ३४ जनाको मृत्यु भइसकेको जनाइएको छ भने स्पेनमा ४ हजार ८५८ जनाको मृत्यु भइसकेको बीबीसीले जनाएको छ ।

इटालीमा कोरोना संक्रमितको संख्या हालसम्म ८६५०० पुगिसकेको सञ्चारमाध्यमहरुले जनाएका छन् भने स्पेनमा पनि ६४ हजार भन्दा बढी संक्रमित भइसकेका छन् । यसैगरी अर्को युरोपेली देश फ्रान्समा शुक्रबार मात्रै १९९ जनाको मृत्यु भएको छ भने यहाँ पनि संक्रमितको संख्या ४४ हजार भन्दा बढी पुगेको जनाइएको छ ।



प्रतिक्रिया

सम्बन्धित