जबर्जस्ती रकम असुल्ने दुई हवल्दारसहित ८ प्रहरी जवान निलम्वित

काठमाडौं।  प्रहरी ऐनविपरीत सेवाग्राहीसँग विभिन्न बहानामा रकम असुल्ने १० जना ट्राफिक प्रहरी निलम्वनमा परेका छन् । उनीहरूलाई  महानगरीय ट्राफिक प्रहरी महाशाखाले कारवाही गरेको हो ।

तीन महिनाको बीचमा विभिन्न ठाउँमा तरकारी तथा नगद रुपैयाँ असुली गरेको फेला परेपछि कारबाही गरिएको महाशाखाका डिआइजी मिङमार लामाले बताए । कारबाहीमा पर्नेमा दुई हवल्दारसहित आठजना प्रहरी जवान छन् ।

   प्रहरी हवल्दारद्वय लेखनाथ यादव र दीपक बोहोरा, प्रहरी जवानहरू भरत कार्की, मानदेव चौधरी, भरतबहादुर चन्द, लक्षुमन साह, रमेश राउत, विनोदकुमार गिरी, बालेश्वर यादव र गोपाल पोखरेल कारबाहीमा परेका छन् । कालिमाटीमा तरकारी तथा रकम असुलेको आरोपमा प्रहरी हवल्दार यादव र प्रहरी जवान चौधरी कारबाहीमा परेका छन् । उनीहरुले बिभिन्न बहनामा सेवाग्रागीसँग रकम असुलेको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित