मेडिकल उपकरण लिन नेपाल एयरलाइन्सको ए३३० जहाज ग्वाङझाओ जाँदै

wide_body_nepal_airlines
काठमाडौं ।
नेपाल एयरलाइन्सको बाइडबडी विमान काठमाडौंबाट ग्वाङझाओ जान भएको छ । विमान आज शनिबार दिउँसो १२ बजे चीनको ग्वाङझाओ जाने भएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले कार्गो उडानका लागि उडान अनुमति दिइसकेको नेपाल एयरलाइन्सका अपरेशन विभाग प्रमुख दिपु ज्वार्चनले जानकारी दिएका छन् । कोरोना भाइरस परीक्षण गर्ने कीट र पीपीई लगायतका औषधिजन्य सामाग्रीहरु लिन नेपाल वायु सेवा निगमको वाइडबडी विमान चीनको ग्वाङझाओ जान लागेको हो ।

वाइडबडी जहाजले कोभिड–१९ परीक्षण गर्ने किट र पिपीइलगायतका औषधिजन्य सामग्री ल्याउनेछ । चीनको वुहानमा रहेका नेपालीलाई उद्धारका लागि पनि निगमकै वाइडबडी जहाज प्रयोग गरिएको थियो । सरकारले कोभिड–१९ परीक्षण तथा उपचारका लागि अत्यावश्यक सामग्री चीनबाट ल्याउने यसअघि नै निर्णय गरेको थियो । कोभिड–१९ सङ्क्रमण नियन्त्रणका लागि सरकारले यही चैत ११ देखि १८ गतेसम्म देशभर लकडाउन गरेको छ । यो अवस्थामा आपतकालीन, कार्गो, उद्धारलगायत उडान मात्र हुनेछ । अहिले आन्तरिकतर्फ पनि लुक्ला पोखरालगायत गन्तव्यबाट विदेशी नागरिकको उद्धार उडान भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित