कोरोना उपचाररत युवती अस्पतालबाट डिस्चार्ज भन्ने हल्लामात्रै ,सङ्क्रमित युवतीको अस्पतालमै उपचार हुँदै

Shukraraj-Hospital-teku-hospital_20200301150806-696x343
काठमाडौँ ।
कोरोना भाइरसको उपचाररत युवती अस्पतालबाट डिस्चार्ज भएको भनी समाजिक सञ्जाल र केही सञ्चारमाध्यममा आएको समाचार गलत रहेको टेकुस्थित ्रशुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले प्रष्ट पारेको छ । फ्रान्सबाट कतारको दोहा हुँदै नेपाल आएर कोरोना भाइरसको उपचाररत १९ वर्षीया युवतीको अहिले पनि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन कक्षमा उपचारमा रहेको समेत अस्पतालले जनाएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले सङ्क्रमित युवती अस्पतालमै उपचाररत रहेको र उनको स्वास्थ्यमा राम्रो सुधार भइरहेको बताएका छन् । कोभिड–१९ सङ्क्रमित तीनै जनाको अस्पतालमा उपचार भइरहेको र उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । फ्रान्सबाट आएको कोभिड–१९ सङ्क्रमित युवतीको परिवारका सदस्यको कोभिड परीक्षणको नजिता नेगेटिभ आएको अस्पतालले जनाएको छ ।

नपालमा हालसम्म चार जनामा कोभिडको सङ्क्रमण देखिए पनि एक जना उपचारपछि घर फर्किसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित