सात सवारीमा १४८ विदेशी पर्यटक पोखराबाट काठमाडौं आउँदै

bus
काठमाडौं । लकडाउनका कारण पोखरामा रोकिएका १४८ पर्यटक बसमार्फत काठमाडौँं आउँदैछन् । लकडाउनसँगै होटेल तथा रेष्टुरेन्ट बन्द भएपछि समस्यामा परेका विदेशी पर्यटकलाई पोखरा पर्यटन परिषद्को नेतृत्वमा पर्यटन सम्बद्ध सङ्घ संस्थाले काठमाडौंसम्म ल्याउनका लागि स्थानीय प्रशासनसँग पहल गरेका थिए ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जीवी पोखरेलका अनुसार अधिकांश विदेशी राष्ट्रका राजदूतावासमार्फत आफ्ना देशका नागरिकलाई काठमाडाँंसम्म पु¥याउने व्यवस्थाका लागि स्थानीय प्रशासनसँग पहल गरिरहेका छन् । फ्रान्सलगायतका केही देशले यसअघि नै हवाईजहाज चार्टर गरेर पोखराबाट काठमाडौँ ल्याइसकेका थिए ।    

तीन ठूला र चार साना गरी सातवटा सवारी साधनमार्फत पर्यटकलाई काठमाडौँ पठाएको पोखराबाट नाट्टा पश्चिमाञ्चल क्षेत्रीय सङ्घका प्रथम उपाध्यक्ष हरिराम अधिकारीले जानकारी दिए । आज अधिकांश पर्यटकलाई काठमाडौँ पठाइएको बताउँदै उनले बाँकी रहेका पर्यटकलाई पनि स्थानीय प्रशासनसँगको पहलमा पठाइने जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित