'भारतले अग्लो सडक बनाएपछि तिलाठी डुब्यो'

काठमाडौं । कांग्रेसका सांसद सुरेन्द्रप्रसाद यादवले सप्तरीमा महुली बाँध फुटेर तिलाठीमा डुबान भएको भन्दै समयमै तत्कालीन र दीर्घकालीन समास्या समाधान गर्न माग गरेका छन् ।संसदको सोमबारको बैठकमा समय लिएर बोल्दै सांसद यादवले भने, ‘सप्तरीको तिलाठी मात्रै होइन कास्की लगायतका विभिन्न स्थानमा प्राकृतिक प्रकोप भएका छन् । त्यसलाई तत्कालीक र दीर्घकालीन योजनाबाट समाधान गर्न योजना ल्याइनु पर्छ ।’

 कोसी नदीको पानीले सप्तरीमा सधै दुःख दिने गरेको भन्दै उनले भने, ‘डुबानको समस्या अन्त्यका लागि सरकारसँग माग गर्दछु ।’कांग्रेसकी सांसद बिन्दादेवी आलेले पोखरामा वर्षाका कारण सडक अबरुद्ध हुनुका साथै बस्तीहरू जोखिममा परेको बताएकी छिन् । उनले सेती नदीको छेउँमा जमिन भासिएको भन्दै उपयुक्ति व्यवस्थापनका लागि माग गरिन् ।सांसद गिरीले भनिन्, ‘जोखिममा बसेका बस्तीलाई सुरक्षित स्थानमा लैजाने, भत्किएको पुल मर्मत, भूसंरक्षणको लागि आपतकालीन व्यवस्था गर्न माग गर्छु ।’ उनले सप्तरीको तिलाठीमा भएको डुबानका पीडितलाई राहत र उद्धारका लागि माग गरिन् ।एमालेका सांसद रविन्द्र अधिकारीले कास्की जिल्लाका विभिन्न स्थानहरूमा वर्षाका कारण बाढीपहिलो गएको भन्दै उद्धार र रहतका लागि सहयोग गर्न माग गरे ।

 उनले भने, ‘मानवनिर्मित समस्याले प्राकृतिक जोखिम बढेको छ । ती समस्यालाई समाधान गर्न माग गर्छु ।’सांसद अधिकारीले कास्कीका मानवबस्तीहरू जोखिममा परेको भन्दै सरकारसँग योजनाबद्ध रुपमा कार्यक्रम बढाउन माग गरे ।

 उनले राहत र उद्धारले मात्रै नपुग्ने भन्दै उचित कार्यक्रम ल्याउन माग गरे । उनले सप्तरीको तिलाठीमा बाढीले डुबान गरेको भन्दै राहतलाई भन्दा पनि नयाँ बाँध बनाउन माग गरे । उनले भने, ‘सीमा क्षेत्रमा भारतले ५ देखि १० मिटरसम्मको सडक माथि उठाएकाले तिलाठीमा डुबान भएको हो । राहतमा मात्रै होइन दीर्घकालीन समाधान खोजिनु पर्छ ।’माओवादी केन्द्रका सांसद अग्निप्रसाद सापकोटाले सप्तरीको तिलाठी र कास्कीका विभिन्न स्थानमा भएको प्राकृतिक प्रकोपबाट जोखिममा परेकाहरूको दीर्घकालीन समस्या समाधान गर्न माग गरे ।

प्रतिक्रिया

सम्बन्धित