क्वारेन्टाइनका बेला रोमान्टिक मुडमा प्रियंका–निक दम्पती

priyanka_nick_tongue
न्युयोर्क ।
क्वारेन्टाइनका बेला रोमान्टिक मुडमा भएको प्रियंका–निक दम्पतीको भिडियो भाइरल भएको छ। यो भिडियो लाइभ च्याटको हो। भिडियोमा दुवै चुम्बनमा लिप्त छन्। प्रियंकाले केही दिन पहिले विश्व स्वास्थ्य संगठनका चिकित्सकसँग लाइभ च्याटमा कोरोना भाइरसबाट बच्ने उपायबारे सल्लाह लिएकी थिइन्। उक्त भिडियो पनि निकै भाइरल भएको थियो। भिडियोमा ती चिकित्सकले १७/१८ महिनामा कोरोना भाइरस भगाउने भ्याक्सिन तयार गरिने बताएका थिए। र, हाल घरमै बस्न सल्लाह दिएका थिए।

हलिउडमा समेत स्थान जमाएकी बलिउड अभिनेत्री प्रियंका चोपडा हाल पति निक जोनसँग अमेरिकाको न्युयोर्कमा छिन्। उनीहरू विगत दुई सातादेखि कोरोना भाइरसका कारण क्वारेन्टाइनमा छन्। सामाजिक सञ्जालमार्फत उनीहरूले सर्वसाधारणलाई कारोना महामारीबारे सचेत पनि गराइरहेका छन्।

 

प्रतिक्रिया

सम्बन्धित