पेट्रोलियम पदार्थको मूल्य फेरि घट्यो

[caption id="attachment_28095" align="alignleft" width="600"] Nepal Oil Corporation. Photo: THT file[/caption]

काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । भारतीय आयल निगमले पठाएको नयाँ मूल्यसूचीअनुसार निगमले गएराति १२ः०० बजेबाट लागू हुनेगरी पेट्रोल, डिजल र मट्टीतेलमा प्रतिलिटर दुई÷दुई रुपैयाँका दरले मूल्य घटाएको हो । यस्तै खाना पकाउने ग्यासमा पनि प्रतिसिलिण्डर २५ रुपैयाँ घटाएको छ भने हवाई इन्धनमा आन्तरिकतर्फ पनि प्रतिलिटर रु चारले घटाएको निगमका प्रवक्ता सीताराम पोखरेलले जानकारी दिए । नयाँ मूल्यसूचीअनुसार पेट्रोल प्रतिलिटर रु ९८, डिजल र मट्टीतेल प्रतिलिटर रु ७४, खाना पकाउने ग्यास प्रतिसिलिण्डर रु एक हजार ३५० र हवाई इन्धन आन्तरिक प्रतिलिटर रु ८२ कायम भएको छ । निगमलाई अझै मासिक रु ४० करोड नाफा रहने प्रवक्ता पोखरेलले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित