बुटवलको कोरोना विशेष अस्पतालमा पाल्पाका एक युवकको मृत्यु

 butwal

बुटवल । रुपन्देहीको बुटवल धागो कारखानामा सञ्चालित कोरोना भाइरस उपचार विशेष अस्पतालमा एक युवकको मृत्यु खबर प्राप्त भएको छ ।

उक्त अस्पतालमा उपचाररत पाल्पा स्थायी घर भइ रूपन्देही सैनामैनामा बस्ने ३५ वर्षका बाबुराम थापाको मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले जानकारी दिए ।  उनको मृत्यु भए पनि कोरोना भाइरस संक्रमणको कारण नै मृत्यु भएको पुष्टि भएको छैन ।

मृतक थापा युएइबाट नेपाल फर्किएर उपचारका लागि अस्पताल भर्ना भएको जनाइएको छ । नमुना परीक्षणका लागि काठमाडौं पठाए पनि रिपोर्ट आइ नसकेको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित