महानगरीय प्रहरी कार्यालयद्धारा मानव सेवा आश्रमलाई खाद्य सामग्री हस्तान्तरण

Metro 1 Bishwo

काठमाण्डौ,१६ चैत
महानगरीय प्रहरी कार्यालयले एनआइसी एसिया बैङ्कसँगको सहकार्यमा सामाखुसी स्थित मानव सेवा आश्रमलाई  खाद्य सामग्री हस्तान्तरण गरेकाे छ । विश्वमा महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड १९ )  पछी नेपाल लकडाउन भएसँगै यस्ता सामाजिक संघ सस्था तथा दैनिक ज्याला मजदुरी गरि खाने मजदुरहरुले दैनिक सामाग्रीको समस्या ब्याहोर्न नपरोस भनी यस्तो अभियानको शुरुवात गरिएको महानगरीय प्रहरी कार्यालयकाको प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले बताए ।

उपत्यका विभिन्न आश्रमहरूमा आश्रित व्यक्ति तथा दैनिक ज्याला मजदुरी गरी खाने व्यक्तिहरूका लागी निरन्तर खाद्य सामग्री सहयोग स्वरूप वितरण गरिने समेत उनले जानकारी दिए । लकडाउन भए पश्चात असह्याय, अशक्त व्यक्तिहरू तथा दैनिक ज्याला मजदुरी गरी गुजारा चलाउने व्यक्तिहरुलाई अझ बढी समस्या हुने भएकाले यस्तो कामबाट लक्षित वर्गलाई थोरै भएपनि राहत पुग्ने पोखरेलले बताए । कार्यक्रमको निरन्तरताका लागि विभिन्न कार्यालयहरूसंग उपत्यकामा संचालित आश्रमहरू तथा व्यक्तिहरुको विवरण संकलन गरि आबश्यक खाधन्न बितरण गरिने उनले बताए ।

संकटको यस घडीमा कुनै समुदाय वा संस्थालाई दैनिक उपभोग्य सामग्रीहरूको अभाव भएमा नजिकको प्रहरी कार्यालय वा प्रहरीको हट लाईन १०० मा खबर गर्न समेत पोखरेलले आग्रह गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित