एन आई सी एशिया बैंकद्धारा रु. पाँच लाख बराबरको खाद्यान्न सहयोग हस्तान्तरण

NIC Food Distribution_1

काठमाडौ ।
मुलुकभर ३१९ शाखा कार्यालयहरू, ४६१ एटिएम, १०८ वटा एक्स्टेन्सन काउण्टर एवं ६१ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको एन आई सी एशिया बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत काठमाडौंमा ज्याला मजदुरी गर्ने गरिब तथा असहाय परिवारलाई नेपाल प्रहरीसँगको सहकार्यमा रु. पाँच लाख बराबरको चामल, तेल, नुन, दाल लगायतका खाद्यान्न सामग्रीहरु वितरण गरेको छ । कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि सरकारले लकडाउन घोषणा गरिरहको बेला देशभित्र विकास निर्माणका कामदेखि लिएर कलकारखानाहरु समेत बन्द रहको बर्तमान अवस्थामा दैनिक ज्याला मजदुरी गर्नेहरुलाई केही राहत होस भन्दै बैंकले यस्तो काम गरेको जनाएको छ ।

आइतबार एक कार्यक्रमका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेले महानगरीय प्रहरी कार्यालय रानीपोखरीका डिआइजी विश्वराज पोखरलेूलाई उक्त खाद्यान्न सामग्री हस्तान्तरण गरेका हुन् । बैंकले नेपाल प्रहरीसँगको सहकार्यमा वितरण गरको खाद्यान्न सामग्रीबाट लकडाउनले गर्दा दैनिक छाक टार्न गाह्रो भएका परिवारलाई केहि भएपनि राहत मिल्ने विश्वास लिएको छ ।


यस विपतको घडिमा बैंकले आफ्ना ग्राहक महानुभावहरुमा पर्न सक्ने असुविधालाई मध्यनजर गर्दै सातवटै प्रदेशमा "ग्राहक सहायता केन्द्र’"हरु स्थापना गरी २४ सैं घण्टा आवश्यक बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गरिरहेको छ भने ग्राहक महानुभावहरुलाई विद्युतीय माध्यमबाट बंैिकङ्ग आवश्यकताहरु पूरा गर्न पनि उत्प्रेरित गर्दै आएको छ । " कोरोनासँगको लडाई, बैंकिङ्ग गरौं घरबाट एक पाइला नबढाई" भन्ने नाराका साथ अन्तर बैंक रकम स्थानान्तरण, बिजलुी महसुल, खानेपानी महसुल, हवाई टिकट, ईन्टरनेट सेवा, बीमा तथा टेलिफोन शुल्क लगायतका भुक्तानीहरू मोबाइल तथा इनर््टरनेट बंैिकङ्ग जस्ता विद्युतीय माध्यमबाट ग्राहक महानुभावहरुले घरबाटै बसेर निःशुल्क रुपमा तिर्न सक्ने व्यवस्था समेत बैंकले गरेको छ ।

उक्त सेवाहरुकासँगै बैैकले ग्राहक महानुभावहरूले घरमैबसी अनलाईन खाता खोल्नेसुविधा पनि दिएको छ । ग्राहकहरूले कुनै सेवा लिए वापत तथा सामान खरिद गर्दा उक्त सेवाबाट पनि निःशुल्क भुक्तानी गर्न सकिने बैंकले जनाएको छ । यसका साथै, बैंकका ेडेबिट तथा क्रेिडट कार्ड प्रयोग गरी गर्न सकिने कार्ड स्वाइप तथा ई–कमर्श भुक्तानी समेत निःशुल्क उपलब्ध छन् । नेपालभरका कुनै बैंक तथा वित्तीय
संस्थाहरूको कार्ड वाहकले एन आई सी एशिया बैंकका ४६१ एटिएम प्रयोग गर्दा शुल्क नलाग्न ेर यस बैंकको कार्ड वाहकले अन्य बैंक तथा वित्तीय संस्थाहरूको एटिएम प्रयोग गर्दा कुनै शुल्क नलाग्ने
व्यवस्था ुसमेत गरेका छ ।

यस विषम परिस्थितिमा ग्राहक महानुभावहरूलाई विशिष्टिकृत सेवा तथा सुविधा आवश्यक परेमा वा बैंकले प्रदान गर्ने सेवा सम्बन्धी कुनै पनि जानकारी चाहिएमा बैंकको २४ सै घण्टा सुचारु रहने ग्राहक
सम्पर्क केन्द्रको टोल फ्रि नम्बरः १६६०–०१–७७७७१, मिस्डकल बैंकिङ्गः ९८०१२२७७५५, एसएमएसः ३४४८८, वेवसाइट च्याटबट तथा गुनासो सुनुवाई अधिकृतलाई ९८४०१६३६९९ मा सिधा सम्पर्क गर्न
अनुरोध समेत गरेको छ ।

२१ लाख भन्दा बढी ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरु अत्यन्त उत्साहप्रद रहेका छन् । उत्तरदायी बंैकिङ्गको अभ्यास गर्दै आएको यस बैंकले
प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब रु. ३ अर्ब १५ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेकोछ भनेवित्तीय समावेशिकरणका लागि मुगु, कालिकोट, बझाब, रुकुम, जम्ुला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहको दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी
सञ्चालन गर्दै आइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित