अमेरिकी नागरिकलाई फिर्ता लैजान अमेरिकी सरकारले जहाज पठाउँदै

Qatar Airways
काठमाडौं ।

नेपालमा रहेका अमेरिकी नागकिरलाई फिर्ता लैजान अमेरिकी सरकारले जहाज पढाउने भएको छ । अमेरिकी दूतावासका अनुसार अमेरिकी सरकारले मंगलबार कतार एयरवेजको जहाज चार्टर्ड गरेर नेपाल पढाउन लागेको हो । उक्त जहाज काठमाडौंबाट दोहा हुँदै वासिंटन डिसीस्थित डल्लास एयरपोर्ट पुग्ने जनाइएको छ ।

नेपालमा रहेका अमेरिकी नागरिकलाई अमेरिकाले मंगलबार चार्टर्ड उडानमार्फत अमेरिका फिर्ता लैजाने जानकारी गराएसँगै नेपाल पर्यटन बोर्डले अमेरिकी नागरिकलाई काठमाडौंमा ल्याउन सहजीकरण गरिरहेको छ । सोमबार स्थलमार्गबाट नेपालका विभिन्न भागमा रहेका अमेरिकी नागरिकलाई काठमाडौं ल्याइदैछ ।

प्रतिक्रिया

सम्बन्धित