चुडामणीलाई बचाउन किन लाग्यो महतकाे समूह ?

काठमाडौं : अर्बौ रुपियाँ भ्रष्टाचार गरेको अभियोगमा पक्राउ परेका चुडामणि शर्मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हिरासतमा रहेका बेला उनलाई बचाउन कांग्रेसका प्रभावशाली नेता एवम् पूर्व अर्थमन्त्री डा.रामशरण महत, आन्तरिक राजश्व विभागका पूर्व महानिर्देशक अरबिन्दकुमार श्रेष्ठ र पूर्व कर फछ्र्यौट आयोगकका अध्यक्ष चण्डी श्रेष्ठ खुलेर मैदानमा उत्रिएपछि अख्तियारको कारबाही प्रभावमा पर्ने खतरा बढेको छ । एनसेल कर प्रकरणमा करोडौं कमिसन खाई कर निर्धारण गर्न नदिएको विषयमा शर्मालाई अख्तियारले बयान लिएको स्रोतले बतायो । शर्माले एनसेललाई कर नतिराउन सहयोग गरेको खुलेपछि अख्तियारले एनसेलका सञ्चालकहरुलाई पनि बयानका लागि बोलाउने तयारी गरेको छन् । शर्माले कर फछ्र्यौट गर्दा हेरेका अधिकांश फाइलमा अनियमितता देखिएको भेटिएपछि अख्तियारको अनुसन्धान अझै लम्बिने भएको छ । यहि बेला अख्तियारलाई असहयोग हुने गरी डा. महतले कर फछ्र्यौटको विवाद बारे विवादास्पद अभिव्यक्ति दिन थालेका छन् । मंगलबार काठमाडौंमा आर्थिक पत्रकार मञ्च–नेपालले आयोजना गरेको अन्तरक्रियामा बोल्दै डा.महतले चुडामणि शर्माको बचाउ गर्न समेत भ्याए । पूर्वअर्थमन्त्री महतले कर फछ्र्यौट विवादलाई तत्काल टुँगो लगाउनुपर्ने भन्दै शर्माको बचाउ गरेका थिए । महतले कर फछ्र्यौट आयोग आँफैमा संवैधानिक आयोग भएकोले सरकारले बाहेक अरु कुनै निकायले आयोगमाथि छानबिन गर्न नपाउने बताउँदै उनले भने–‘कर फछ्र्यौट आयोगले गरेको निर्णयलाई अर्को निकायले चूनौति दिन मिल्दैन, त्यसैले हचुवाको भरमा यस्तो निर्णय गर्नुहुँदैन् ।’ डा. महतले आयोगमा प्रस्तुत गरिएका कागजपत्रहरू तथा आयोगको कारबाहीको सिलसिलामा कुनै स्रोतबाट थाहा हुन आएका कुरा गोप्य राख्नुपर्ने व्यवस्था भएको उल्लेख गर्दै भने, ‘त्यस्तो कागजपत्रहरू र गोप्य कुराहरू कर निर्धारण वा असुलीको प्रयोजनको निमित्तबाहेक अन्य काममा प्रकाश गरिने वा कुनै अदालतमा प्रमाण लाग्ने छैन र नेपाल सरकारको अनुमतिबिना कुनै अधिकारीले निरिक्षण वा अनुशन्धानको लागि समेत माग गर्न सक्ने छैन ।’ महतले आयोगका पदाधिकारी सबैको बयान नलिई सदस्य सचिव शर्मामाथि एकपक्षीय ढंगले कारबाही गरेकोमा आपत्ति जनाएका थिए । उनले भने–‘आयोगका सबै पदाधिकारीहरुको बयान लिनुपर्नेमा, त्यस्तो मौका नदिई आन्तरिक राजश्व विभागका महानिर्दैशकलाई मात्रै हिरासतमा लिनु न्यायसंगत छैन् ।’

प्रतिक्रिया

सम्बन्धित