चितवन प्रहरीको साहसिक काम, हत्या अभियोगमा फरार अभियुक्त दिल्लीबाट पक्राउ

चितवन। जिल्ला प्रहरी कार्यालय चितवनले हत्या अभियोगमा फरार रहेका कुख्यात अभियुक्तलाई भारतको दिल्लीबाट पक्राउ गरी सार्वजनिक गरेको छ । त्यस्तै विभिन्न अभियोगमा पक्राउ परेका सात जना आरोपीलाई शनिबार  सार्वजनिक गरिएको छ ।   भरतपुर स्थित शुक्रनगरमा गत जेठमा गोली प्रहार गरी लुटपाट गर्ने योजकार कृष्ण शाही ठकुरीलाई प्रहरीले सार्वजनिक गरेको हो ।

 ठकुरीलाई शुक्रनगरकी साउनी महतोको घरमा हतियार प्रहार गरी लुटपाट गरेको र उनका छोरा गंगा महतोलाई गोली हानी हत्या गरेको अभियोगमा भारतको दिल्लीबाट पक्राउ गरेको चितवनका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दिपक थापाले जानकारी दिए।

  यसअघि प्रहरीले हत्या अभियोगमा नवलपरासीका नारायण बिक र लक्ष्मण परियारलाई पक्राउ गरेको थियो। प्रहरीले उनीहरुको साथबाट पेस्तोल,नगद र गरगहना समेत बरामद गरेको छ ।  उनीहरु उपर खुनडाँका मुद्दामा कारवाही गरिने एसपी थापाले वताए।

   प्रहरीले लागूऔषध चरेसका मुख्य कारोबारी बाराको जितपुर सिमराका मोजहर मन्सुरलाई पनि पक्राउ गरी अनुसन्धान थालेको छ । चोरीको मोटरसाइलकसहित  बारा कोल्बीका रुपनारायण पंजिकार,  चोरी  आरोपमा  गोरखाका प्रदीप कुमाल, नवलपरासी वर्दघाटका अनुप कार्की, सुनसरी महेन्द्रनगरका मनिक कार्की र तनहुँका बलराम केसीलाई पनि पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित