एनसेलले सरकारलाई दोस्रो किस्तावाफत ४ अर्व ६० करोड बुझायो

NCELL
काठमाडौँ ।
एनलसेलले सरकारलाई बुझाउनु पर्ने दोस्रो किस्तावाफत चार अर्व ६० करोड रुपैया रकम सरकारलाई बुझाएको छ । 

ठूला करदाता कार्यालयका प्रमुख कर प्रशासक झलकराम अधिकारीका अनुशार एनसेलले स्वामित्व खरिद बिक्रीवाफतको लाभकरको दोस्रो किस्तावाफत यो रकम बुझाएको हो । एनलसेलले यसअघि पहिलो किस्ता पुस १५ मा बुझाएको थियो । चार किस्तामा बुझाउन गरेको अनुरोध अनुशार पहिलो किस्ता बुझाई सकेकोमा आज दोस्रो कित्ता बुझाएको छ अधिकारीले बताए ।

सवोच्च अदालतको आदेशअनुशार ठूला करदाता कार्यालयले एनसेलको सेयर स्वामित्व खरिद बिक्रीवाफतको लाभकर २२ अर्व ४४ करोड ५३ लाख रुपैयाँ निर्धारण गरी १५ दिन भित्र बुझाउन २२ मंसिरमा पत्राचार गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित