बैंक डिफल्टरसँग ढकालको यो कस्तो कनेक्सन ?

काठमाडौै : बर्षौंदेखि रोकिएको नयाँ विमा कम्पनीको अनुमति दिंदा चलखेल गरेको आरोप लागेका ग्लोवल आईएमई ग्रुपका अध्यक्ष चन्द्र ढकालले बैंक डिफल्टरसँग मिलेर काम गर्न थालेका छन् । कालोसूचीमा परेका एनबी ग्रुपका सञ्चालकहरु जीतबहादुर श्रेष्ठ र लक्ष्मीबहादुर श्रेष्ठसँग ढकालले सम्झौता गरेको स्रोतको भनाई छ । स्रोतका अनुसार एनबी इन्स्योरेन्समा एनबी ग्रुपको २८ प्रतिशत सेयर छ । त्यसो त ढकालले एनबी ग्रुपद्धारा प्रवद्र्धित नेशनल हाइड्रो पावरमा हाथवे इन्भेष्टमेन्टमार्फत चार लाख कित्ता सेयर किनेका छन् । एनबी ग्रुपसँगको मिलेमतोमा ४ लाख कित्ता शेयर हाइड्रोमा लगानी गरेर सहयोग गरेका ढकाललाई एनबी इन्स्योरेन्समा श्रेष्ठद्धयले सहयोग गर्ने सम्झौता भएको स्रोतको दावी छ । अर्कोतिर चिरञ्जिवी चापागाईं वीमा समितिको अध्यक्ष बन्ने वित्तिकै नयाँ दशवटा वीमा कम्पनीलाई अनुमति दिने क्रममा ढकालले ठूलो आर्थिक चलखेल गरेको वित्तीय क्षेत्रमा चर्चा छ । नयाँ अनुमति पाएका ति कम्पनीहरुमा अधिकांश व्यापारी समूहले प्रवद्र्धन गरेका छन् । समितिमा अध्यक्ष भएका चापागार्ईं आईएमई वीमा लाईफ कम्पनीका सञ्चालक समेत रहेका ढकालका नातेदार पनि हुन् । आफ्नो वीमा कम्पनीको अनुमतिका लागि नै चापागाईंलाई ढकालले अध्यक्ष बनाउन लविङ गरेका थिए । एनबी ग्रुप कालोसूचीमा परेको र एनसीसी बैंकले ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने बेलामा एकाएक अदालतबाट आदेश जारी गराउन सफल श्रेष्ठद्धयले आफ्नो प्रभुत्व घट्न नदिन र राष्ट्र बैंकको आँखामा छारो हाल्नकै लागि एनसीसी र एपेक्स डेभलभमेन्ट बैंकलाई डिमर्ज गराउने खेल खेलेका थिए । श्रेष्ठ दाजुभाईले एनबीमा पैसा हाल्न नसकेपछि लिलामिमा जाने र अर्को ग्रुपलाई भित्र्याउन नदिन अदालतमा मुद्दा हालेर चलखेल गर्दै आएका छन् । तर, उनीहरुले सोही ग्रुपमा चन्द्र ढकाललाई भित्र्याउन पनि खोजिरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित