नवनियुक्त गृहमन्त्री भन्छन - अब सिपाही समेतको सुझावमा नीति निर्माण हुन्छ

काठमाडौं । नवनियुक्त गृहमन्त्री जनार्दन शर्माले सुरक्षा संगठनमा देखिएका समस्या निराकरण गर्न सिपाही समेतको सुझाव लिएर आवश्यक नीति निर्माण र आवश्यक पुनर्संरचना गरिने वताएका छन् । उनले प्रहरी अधिकारीहरुलाई जथावाही वक्तव्य दिन  रोक लगाएका छन् ।

   गृह मन्त्रालय र प्रहरी प्रशासनलाई जनताले चाहेको जस्तो बनाउने गृहमन्त्री  शर्माले प्रतिवद्धता जनाएका छन् ।

 बुधबार पदभार सम्हाल्ने क्रममा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै गृहमन्त्री शर्माले  शर्माले स्थानीय तहको दोस्रो चरणको चुनाव पहिलो चरण भन्दा पनि प्रभावकारी, भरसहित र निश्पक्ष रुपमा सम्पन्न गर्ने प्रतिवद्धता समेत जनाएका छन् ।

 गृह मन्त्रालयले जनतालाई सेवा र सुरक्षाका सन्दर्भमा ढुक्क भएर अघि बढ्ने अवस्था बनाउने पनि उनले प्रतिबद्दता जनाए ।

प्रतिक्रिया

सम्बन्धित