कमल थापासँग ‘विप्लव’को यो कस्तो कनेक्सन ?

काठमाडौं । स्थानीय तहको निर्वाचन विथोल्न हिंसात्मक गतिविधि चलाएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले कमल थापा नेतृत्वको राप्रपाका नेतालाई शहीद घोषणा गरेर आलोचना खेप्न बाध्य भएको छ । स्थानीय तहको निर्वाचन विथोल्ने क्रममा सुरक्षा निकायमाथि आक्रमण गर्दा कालीकोट जिल्लामा भएको झडपमा सुरक्षाकर्मीको गोली लागेर राप्रपाका वडाध्यक्ष धनरुप बटालाको मृत्यु भएको थियो ।

  बटालाको मृत्यु भएपछि ‘विप्लव’ले तत्काल विज्ञप्ति जारी गरेर राप्रपाका बटालालाई एकीकृत जनक्रान्तिको पहलो शहीद घोषणा गरी हाले । त्यति मात्रै होइन विप्लवले बटालाको मृत्यु भएको विरोधमा दुई दिनसम्म बिरोध प्रदर्शन समेत गरे ।

  बटालालाई शहीद घोषणा गर्ने भन्दा पनि विप्लवले किन हतार गरेर राप्रपाप्रति मोह देखाए भन्ने हो । राज संस्था र हिन्दू राष्ट्रको नारा बोकेको राप्रपालाई विप्लवले काँध होलेकोमा भने धेरैले रहस्यका साथ लिएका छन् ।

 साहित्यकार तथा माओवादी केन्द्रका नेता ‘आहुती’ले फेसवुकमा लेखेका छन्- ‘राप्रपाका वडाध्यक्षका उम्मेदवार मृतक धनरूप बटालालाई कमरेड विप्लवले ‘एकीकृत जनक्रान्तिका पहिलो शहीद’ घोषणा गरेका रहेछन् । विडम्बना र राजनैतिक मजाकको पनि हद हुन्छ ! धत्त...’ भनेर टिप्पणी गरेका छन् । निर्वाचन विथोल्न बम पड्काउने, मत पेट कब्जा गर्ने, स्वचालित हतियार चलाउने जस्ता गैरकानूनी क्रियाकलाप गरेका विप्लवको पार्टीले देखाएका गतिविधिप्रति धेरैले आशंका जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित