सिलवालले नै कासमु फाइल कीर्ते गरेको पुष्टि, २ वर्ष कैद हुन सक्ने

काठमाडौं । केन्द्रिय अनुसन्धान व्युरो (सिआइबी)का प्रमुख डीआईजी नवराज सिलवालले नै कार्यसम्पादन मूल्यांकन (कासमु) फाइल कीर्ते गरेको  नेपाल प्रहरीको फरेन्सिक जाँचले पुष्टि गरेको छ । सर्वोच्च अदालतमा सिलवालले  पेश गरेको र सरकारसँग भएको कासमुमा फरक(फरक परेपछि प्रहरीको  केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालाले अध्ययन गरेको थियो । प्रहरीको फरेन्सिक जाँचको रिपोर्टले सिलवालले कीर्ते गरी  प्रकाश अर्यालको अंकलाई आफ्नो कासमुमा  देखाको पुस्टि गरेको हो  । साथै थप अनुसन्धान गरी सिलवाललाई कारबाही गर्न सुझाएको छ ।

डीआईजी  सिलवालले सर्वोच्च अदालतमा बुझाएको र सरकारसँग भएको उनको कार्यसम्पादन मूल्यांकन अरु मिले पनि   पछिल्लो आर्थिक वर्ष २०७२र७३ को कासमु फरक देखिएको हो । फरेन्सिक जाँचका क्रममा यो आर्थिक वर्षमा प्रकाश अर्यालको कासमुमा कालिमाटी फन्ट प्रयोग भएको छ । र, सिलवालको उत्सहका साथै कालिमाटी फन्टको प्रयोग भएको पाइएको छ । ‘अर्यालको कासमुमा कालिमाटी नेपाली फन्ट प्रयोग भएको छ ।

पुरै डकुमेन्टमा सुरुदेखि अन्त्यसम्म एकरुपता र अनुकुल तालमेल देखिन्छ’ प्रहरीको फरेन्सिक जाँचको रिपोर्टमा भनिएको छ, ‘सिलवालको कासमुकोका पहिलोचार पानामा उत्सह,पाँचौमा कालिामाटी र छैटौंमा उत्सह र कालिमाटी फन्ट प्रयोग भएका छन् ।

डकुमेन्टमा एकरुपता र अनुकुल तालमेल देखिँदैन ।सिलवालको बढी नम्बर देखाइएको कासमुको पाँचौ पाना र प्रकाश अर्यालको तेस्रो पानको प्रकृति र फन्ट एउटै छ । सिलवालको कासमुको छैटौं पाना र अर्यालको चौथो पानाको खण्ड ३ र ४ को प्रकृति र फन्ट पनि एउटै छ तर, त्यसपछि फरक छ ।सिलवालको कासमुको छैटौं पानामा एकरुपता र तालमेल छैन भने अर्यालको खण्ड ३ र ४ सहित चौथो पानामा एकरुपता र तालमेल छ ।यसबारे सर्वोच्चमा १९ गतेबाट पूर्ण इजलासमा सुनुवाइ हुनेछ । प्रहरीको फरेन्सिक जाँच रिपोर्टमा कतै सरकारसँग भएको सिलवालको कासमु नै नक्कली हो कि भन्ने आशंकाको पनि जवाफ छ । मन्त्रिपरिषदमा पेश भएको सिलवालको कासमु फारममा एकरुपता र तालमेल रहेको भन्दै नक्कली भन्न सकिने अवस्था नरहेको उल्लेख गरिएको छ ।रिपोर्टमा सिलवालले नै कीर्ते गरिएको कासमु सञ्चार माध्यमहरुलाई दिएको हुनसक्ने भन्दै अनुसन्धान गर्न भनिएको छ ।चैत २८ गते सरकारले डिआइजी प्रकाश अर्याललाई नेपाल प्रहरीको आइजी नियुक्त गरेपछि सिलवाल कार्यसम्पादन मूल्याङकनमा अर्यालभन्दा आफू अगाडि रहेको दावी गर्दै अदालत पुगेका थिए।किर्ते कार्यसम्पादन फाइल बनाएर सर्वोच्च अदालतमा पेश गरेको अभियोगमा सिलवालमाथी छानविन गर्न गृहमन्त्रालयले डिआइजी विजयकुमार भट्टको नेतृत्वमा ५ सदस्यीय छानविन समिति गठन गरेको थियो ।  उनले आफ्नो र अर्यालको कार्यसम्पादन मूल्यांकन फाइल अदालतमा बुझाएका थिए।सरकारी मोहर लागेको कागजमा किर्ते गरेको भेट्टिए मुलुकी ऐन किर्ते कागजको महल को ८ नंम्बरमा लालमोहर वा लालमोहर लागेको कागज किर्ते गरेमा सो गर्नेबाट विगो भराउनुपर्ने भए विगो भराई दश वर्ष कैद गर्नुपर्छ ।सोही महलको १२ नम्बरमा सरकारी अड्डाको छाप वा सरकारी काममा सरकारी कर्मचारीको छाप दस्तखत वा सो छाप दस्तखत भएको सरकारी कागज किर्ते गर्नेलाई यसै महलको अरु नम्बरले हुने सजायमा १ वर्ष कैद र उसै अड्डाको कर्मचारीले किर्ते गरेमा २ वर्ष थप कैद हुन्छ । छानविन समितिले दोषी ठहर गरेको हुँदा अब सिलवाललाई निलम्बन गरि कार्वाही प्रक्रिया अगाडी बढ्ने छ ।

प्रतिक्रिया

सम्बन्धित