सिलवालमाथि पोलिग्राफ परिक्षण गर्ने तयारी , किर्ते काण्ड दबाउन सर्बोच्च धाएको खुलासा

काठमाडौं । सरकारी कागजात किर्ते गरेको अभियोगमा छानबिन समितिले डिआइजी नवराज सिलवालसँग बयान लिने तयारी थालेपछी वैशाख १० गते नै सिलवाल  पक्राउ नगर्न /नगराउन आदेश दिन माग गर्दै सर्बोच्च अदालतमा सेटिङ मिलाउन पुगेको खुलासा भएको छ  ।  डिआइजी विजय भट्टको  समितीले सिलवाललाई सोमबार ६ घण्टासम्म बयान लिएको थियो ।

बयान अझै बाँकी रहेको र अर्को चरणमा किर्ते गरेको  प्रकरणमा उनीमाथि  पोलिग्राफ परिक्षण(झुटो बोलेको पत्ता लगाउन प्रयोग गरिने मेशिन ) गर्ने तयारी भैरहेको प्रहरी उच्च स्रोतले वतायो । सरकारी कारवाहीबाट जोगिन सिलवालले पहिल्यै नै आफुलाई पक्राउ गरेको हल्ला पिटाएर छानविनलाई नै प्रभावित पार्न खोजेको समितिका एक सदस्य वताउँछन्।  छानबिन समितिले दिने प्रतिवेदनका आधारमा सिलवालबिरुद्द सरकारी कागजात किर्ते गरेको आरोपमा मुद्धा चल्ने या नचल्ने निर्णय हुनेछ ।

सरकारी कागजात किर्ते गरेको प्रमाणित भए उनलाई १० वर्षसम्म कैद सजाय हुन सक्छ।  गोप्य सरकारी कागजात हात पारेको र त्यसमा किर्ते गरेर अदालतमा पेस गरेको आरोपमा थप छानबिन भइरहेको छ। तर,सिलवाले बयान नदिने बहानामा आफुलाई अपहरण शैलीमा नक्साल पु-याइयो भनेर प्रचारबाजी गरेका छन् । जुन कुरालाई प्रधान कार्यालयले झुटो भन्दै खन्डन गरिसकेको छ। सरकारले प्रकाश अर्याललाई प्रहरी महानिरीक्षकमा नियुक्त गरेपछी अर्यालभन्दा बढी नम्बर ल्याएको भन्दै सिलवालले सर्वोच्च अदालतमा कागजात पेस गरेका थिए।  सर्वोच्चमा पेस गरेको कागजात र मन्त्रिपरिषद्मा गृह मन्त्रालयले पेस गरेको कागजात फरक भएको पाइएपछि मन्त्रिपरिषद्ले सिलवालमाथि छानबिन गर्न प्रहरीलाई निर्देशन दिएको थियो।

कार्यसम्पादन मूल्यांकन फाइल गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय र लोकसेवा आयोगमा गोप्य हुने हुँदा बढुवा समितिले बाहेक अरुले खोल्न पाउँदैनन्। डिआइजी सिलवालले कार्यसम्पादन मूल्यांकनका कागजात हात पारेको प्रधान कार्यालयको पहिलो आरोप छ। प्रहरीले उनलाई गोप्य फाइल हात पारेको र त्यो फाइलमा पनि किर्ते गरेर अदालतमा पेश गर्ने अर्को आरोपमा पनि छानबिन चलिरहेको बताएको छ।

तर, सिलवालले पछिल्लो आर्थिक वर्षको कार्यसम्पादन मूल्यांकन फाइलमा अर्यालले पाएको नम्बर आफ्नोमा सारेको र उनले अदालतमा पेस गरेको कागजात परीक्षण गर्दा किर्ते प्रमाणित भइसकेको सरकार र प्रहरी प्रधान कार्यालयको दाबी छ। सिलवालले अदालतमा हालेको मुद्धाको अन्तिम सुनुवाइ वैशाख १९ मा हुने बताइएको छ । तर किर्ते काण्ड फरक भए पनि सिलवाल भने दुई वटै मुद्दालाई एउटैमा राखेर सरकारी कारवाहीबाट जोगिन अदालतमार्फत सेटिङ मिलाउने डिजाइनमा लागेको स्रोतको दावी छ ।

प्रतिक्रिया

सम्बन्धित