कांग्रेस र माओवादीले देखाएको इमान्दारिताप्रति एमालेको भ्रम

kpbaकाठमाडौं । स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसले देखाएको इमान्दारिताप्रति वामपन्थीहरूले विभिन्न भ्रमहरू फिजाइ रहेका छन् । विशेष गरेर एमालेले कांग्रेसमाथि गम्भीर आक्षेपहरू लगाइरहेको छ । एमालेका नेताहरूले कांग्रेसको निर्वाचनप्रतिको दबाबलाई खासै रुचाएका छैनन् । एमाले मात्रै होइन संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा पनि खुसी छैन । पार्टीको महाविधेशन, संसदीय र संविधानसभा निर्वाचनमा पटक–पटक पराजित हुँदै आएका एमालेका वौद्धिक नेता शंकर पोखरेलले ट्वीट गर्दै कांग्रेस र माओवादी केन्द्र मिलेर घोषणा गरेको स्थानीय तहको निर्वाचनप्रति खासै राम्रो टिप्पणी गरेका छैनन् ।

केपी ओलीका भक्त पोखरेलको त्यो टिप्पणीले एमालेजनहरू निर्वाचन चाहँदैनन् भन्ने देखाउँछ । बाहिर बोल्ने क्रममा चुनाव चाहेको देखाएपनि एमालेका नेताहरू स्थानीय तहभन्दा पनि संसदको निर्वाचन भयो भने फाइदा हुनेमा ढुक्क छन् । स्थानीय निर्वाचनमा कथित राष्ट्रवादीको मुद्दाले काम नगर्ने देखेको एमालका नेताहरू कांग्रेस, माओवादीलगायतका दलहरूको काँधमा बन्दुक राखेर विथोल्ने मिठो योजनामा छ ।

एमालेको राष्ट्रियताको मुद्दाले संसदको निर्वाचनमा मात्रै साथ दिन्छ । त्यो पनि पहाडी जिल्लाहरूमा मात्रै काम लाग्ने बुझेका एमाले नेताहरूले मधेसी मोर्चालाई भित्रभित्रै भड्काइ रहेका छन् ।स्थानीय तहको निर्वाचनमा एमालेले तराईमा ठूलै पराजय भोग्नुपर्ने निश्चित छ । तराईमा मात्रै होइन पहाडी जिल्लाहरूमा पनि एमालेलाई धेरै ठाउँमा धक्का लाग्ने अनुमान कांग्रेसी नेताहरूको छ । तराईका जिल्लाहरूमा धेरै ठाउँमा मधेसी मोर्चा कमजोर छ ।

आफू कमजोर भएको बेला मधेसी मोर्चाले निर्वाचन नरुचाउनु स्वभाविक पनि हो ।एमालेको पथमा रहेको मधेसी मोर्चाका नेताहरू जसरी हुन्छ मुलुकमा राजनीतिक अस्थिरता मच्चाएर व्यक्तिगत लाभ लिइरहने योजनालाई कांग्रेस र माओवादी मिलेर विथोल्नुपर्ने कांग्रेसका एक नेताले बताए । स्रोत भन्छ, ‘चुनाव भयो भने मुलुकमा राजनीतिक स्थिरता कायम हुन्छ ।

स्थिरता भयो भने तराईमा आफ्नो अनुकूलको कार्य गर्न पाइँदैन । मधेस केन्द्रित दलका नेताहरू राष्ट्र र जनताका लागि भन्दा आफ्नो व्यक्तिगत स्वार्थमा छन् ।’मधेसी मोर्चाले निर्दलीय चुनावको कुरा गरेर लोकतन्त्र बलियो होस् भन्ने नचाहेको संकेत गरिसकेको छ । प्रजातान्त्रिक मुलुकमा जहिले पनि दलीय व्यवस्था हुन्छ । दलीय व्यवस्था भनेको चुनावमा प्रतिस्पर्धा हो । यो कुरा बुझेको मधेसी मोर्चा जसरी हुन्छ लोकतन्त्र कमजोर बनाउनै सक्रिय छ । कांग्रेसभित्रको दुईधारले पनि निर्वाचनलाई असहयोग गरिरहेको छ । सभापति शेरबहादुर देउवाले पार्टीभित्रको आन्तरिक समीकरणलाई मिलाएर वामपन्थीहरूको षड्यन्त्रलाई भत्काउनु पर्छ । पार्टीलाई मिलाएर स्थानीय तहको निर्वाचन कांग्रेस र लोकतन्त्र पक्षधर नेपाली जनताको पक्षमा हुनुपर्ने नेताहरूको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित