डन चक्रेलाई किन दिए विप्लवले बधाई ?

????????????????????????????????????

काठमाडौं ।राष्ट्रिय खेलकुद परिषद्को मुख्य प्रांगणमा एकपछि अर्को गर्दै महँगा मोटरसाइकल र चिल्ला गाडी पार्किङ हुँदै थिए । यो क्रम लगभग एक घन्टासम्म चल्यो । १२ बजेर १५ मिनेटमा कालो गाडीमा ड्राइभर सिटबाट हात हल्लाउँदै एक व्यक्ति ओर्लिए ।

 गाडी पार्किङपछि परिषद्का सदस्यसचिव बस्ने भवनअगाडि पुगेर ती व्यक्तिले ‘के छ, सबैलाई आराम त छ नि हैन रु’ भन्दै सोध्न थाले । त्यहाँ उपस्थित व्यक्तिले ‘चक्रे दाइ, हामी आराम छौँ’ भनेर उत्तर फर्काए । चक्रे दाइ अर्थात् ‘डन’ मिलन गुरुङ । प्रहरी अधिकारीका अनुसार राजधानीका पुराना गुन्डा नाइकेमध्ये उनी पनि एक हुन् ।

 गत शुक्रबार प्रथम आइकेकेएफ क्योकुसिन कराते राष्ट्रिय प्रतियोगिताको उद्घाटन समारोहमा उपस्थिति हुने क्रममा चक्रेलाई उनका समर्थकले रंगशालामा भव्य स्वागत गरे । उनी आइकेकेएफ क्योकुसिन करातेका अध्यक्ष हुन् । अध्यक्षका नाताले चक्रे प्रमुख अतिथि नेकपा माओवादीका महासचिव नेत्रविक्रम विप्लवलाई स्वागत गर्न उपस्थित भएका थिए । मुख्य अतिथि १ बजे आउने कार्यक्रम थियो । मुख्य अतिथि विप्लव निर्धा्रित समयभन्दा करिब आधा घन्टा ढिला आइपुगे । तर, यसबीच परिषद् प्रांगण पूरै चक्रे मिलनमय बनेको थियो ।

 जता हेरे पनि सबैले उनलाई नै पछ्यारहेका थिए । सबैलाई चक्रेले चिने या चिनेनन्, त्यो उनलाई नै थाहा होला । तर, उनले कसैलाई निराश पारेनन् । सबैसँग भलाकुसारी गरिरहे । कालो कोट, हल्का ब्राउन रङको चस्मा, दुवै कानमा सुनको रिङ भिरेका चक्रे मिलनले मुख्य अतिथि नआउँदासम्म आफ्ना समर्थकसँग कुराकानी गर्नमै समय खर्चिए । संयोग कस्तो भने त्यस दिन एमालेको विशाल कार्यक्रम राजधानीमै थियो । एमालेनिकट मानिने चक्रे त्यस सभामा उपस्थित भएनन् । हूलमूलबाट एक व्यक्तिले प्रश्न गरे, ‘चक्रे दाइ माथि ९एमालेको कार्यक्रममा० जानुहुन्न रु’ चक्रेले तत्कालै जवाफ फर्काए, ‘भाइ कहाँ एमालेको कार्यक्रममा जाने र रु यहाँ हामीहरूकै कार्यक्रम चलिरहेको छ, यो कार्यक्रम नै पहिलो प्राथमिकता हो नि ।’ उनी आफ्नै विशाल हुल देखेर दंग मात्र परेनन्, फुर्तीसमेत लगाए । एक समूहलाई सम्बोधन गर्दै चक्रेले भनिरहेका थिए, ‘चक्रे मिलनको कार्यक्रम हुँदा सात–आठ सय व्यक्ति हुनैर्पयो, नभए के काम रु अझ करातेको कुरा गर्न बाँकी नै छ ।’  उनी आफ्नो पावर काठमाडौंमा कति छ भन्ने समर्थकहरूलाई बताइरहेका थिए । भन्दै थिए, ‘सबैलाई बोलाएको भए, थोरैमा २० हजार केटाहरू जम्मा हुन्थे, तर मैले दुई सय मात्र बोलाएको थिएँ, मेरो एक रिक्वेस्टमा परिषद् नै भरिभराउ भयो ।’ समर्थकमाझ उनले आफूलाई समाजसेवी भन्न रुचाए । ‘म समाजसेवक पनि हुँ,’ गर्वका साथ उनले भने, ‘खेलकुदमा केही गरौँ भनेर आएको छु ।’ संघ स्थापनाको एक वर्ष्भित्र राष्ट्रियस्तरको प्रतियोगिता आयोजना गर्दा चक्रे कति पनि हतास देखिएनन् । बरु,  कार्यक्रम तालिका हेर्दै उनले निर्देशन दिइरहे । मौका पाउँदा फोटोपत्रकारलाई फोटो लिन आग्रहसमेत गर्थे । अतिथि विप्लवको स्वागतमा कुनै कमी नहोस् भनी क्युकोसिन कराते प्रशिक्षण गरिरहेका स–साना प्रशिक्षार्थीहरूलाई दक्षिणतर्फ रहेको गेटसम्म लाइन बसाउन उनी आफैँ अग्रसर भए । मीठो बोलीमा चक्रेले प्रशिक्षार्थीहरूलाई ‘स्वागत गर्दा फूल पनि दिनुपर्छ है’ भने । दिउँसोको १ः३० बजेपछि मुख्य अतिथि विप्लवको आगमन भयो । चक्रेले विप्लवलाई गुच्छा र माला लगाएर स्वागत गरे । यता विप्लव भने हूलमूल देख्दा अलि हिच्किचाए । उनी भन्दै थिए, ‘ल ल भैगो, पुग्यो ।’ प्रशिक्षार्थीहरूले ‘हुस’ स्वर निकाल्दै फूलको सानो गुच्छा दिँदा विप्लव अलि लजाए । चक्रे अगाडि र विप्लव पछाडि–पछाडि थिए । कभर्ड हलमा विप्लवले प्रतियोगिताको स्वागत पनि गरे । कर्भड हल उनै समर्थकले भरिभराउ थियो । विप्लवले स्थापनाको एक वर्ष नपुग्दै राष्ट्रिय प्रतियोगिता गर्न सफल भएकोमा चक्रेलाई बधाई दिए । त्यसपछि संघ अध्यक्षका रूपमा रहेका मिलन गुरुङ अर्थात् चक्रलेले भने, ‘हामी लक्ष्यअनुरूप ७ महिनामै राष्ट्रिय प्रतियोगिता गर्न सफल भयौँ । आगामी दुई वर्ष्भित्र दक्षिण एसियाली च्याम्पियनसिप गर्छौं ।’ श्रीलोचन राजोपाध्याय/नयाँ पत्रिका

प्रतिक्रिया

सम्बन्धित