प्रचण्डले भने - 'शिवरमा भएको अनियमितता छानविनको जानकारी छैन'

prachandaनयाँदिल्ली । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लडाकु शिवरमा भएको अनियमितता छानविनबारे आफूलाई जानकारी नरहेको बताउनुभएको छ । भारतको चार दिने औचापरिक भ्रमणमा रहनु भएका दाहाललाई आज बिहान नेपाली पत्रकारहरूले राखेको जिज्ञासामा दाहालले अख्तियारले शिविरमा छानविन गरेको विषयमा कुनै जानकारी नरहेको बताउनु भएको हो । ‘तपाईहरूबाट सुने’, उहाँले भन्नुभयो, ‘अख्तियारले शिविरको अनियमितताबारे छानविन गरेको थाहा छैन ।’अख्तियारले लडाकु शिविरका कमान्डर र माओवादीका तत्कालीन जिम्मेवार नेताहरूलाई ३० दिनभित्र आफ्नो भनाइ राख्न सूचना जारी गरी बोलाएको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित