‘विप्लव’ माओवादीद्वारा एनसेल टावर ध्वस्त

ncell towerगुल्मी  । गुल्मीको रेसुङ्गाडाडाँमा रहेको एनसेल टावरमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले आगजनी गरेका छन् । माओवादीका कार्यकक्ताले शनिबार राति एनसेलको टावरमा आगजनी गरेको प्रहरीले जनाएको छ ।

 ५ जनाको समूहमा रहेका कार्यकर्ताले टावरका चौकीदारलाई काम छ तपाई बाहिर जानुस भनेर टावरमा आगजनी गरेको जिल्ला प्रहरी कार्यलय गुल्मीका डिएसपी महेन्द्र नेपालले बताए । यस क्षेत्रको सबैभन्दा ठूलो टावरमा आगजनी भएपछि गुल्मी जिल्ला लगायत अर्घाखा र धवलागिरी अञ्चलका केही जिल्लाका २० भन्दा बढी टावरहरु अवरुद्ध भएको एनसेलको क्षेत्रीय कार्यलय बुटवलले जनाएको छ ।

  भौतिक सम्पत्तिमाीि आगजनी गर्नेहरुको खोजी भैरहेको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित