ईकान्तिपुरलाई प्रेस काउन्सिलको स्पष्टीकरण

ekantipurकाठमाडौं । प्रेस काउन्सिल नेपालले ई–कान्तिपुर डटकममा   २०७३ जेठ २४ गते सम्प्रेषण गरिएको समाचारको विषयलाई लिएर उक्त अनलाइनलाई  ३ तीन दिनभित्र स्पष्टीकरण पेश गर्न निर्देशन गरेको छ । मंगलबार विहान निधन भएका बरिष्ठ सङ्गीतकार अम्बर गुरुङ्को एक दिन अगावै मृत्युको समाचार प्रकाशित तथा प्रसारित गरेकोमा लगत्तै प्रेस काउन्सिलले अनुगमन गरी उक्त समाचार गलत, भ्रामक र संवेदनहीन भएको जनाएको छ ।

 मानिसको अवशान  सम्वन्धी विषय संवेदनशील हुने भएकोले त्यस्तो समाचार सम्प्रेषण गर्दा अति सावधानी र होशियारी हुनुपर्नेमा सचेतता गराउँदै उक्त समाचारले पत्रकार आचारसंहिता, २०६० (संशोधित तथा परिमार्जित–२०६४) को दफा ३ (४) मा — “सत्यतथ्य समाचार सम्प्रेषण गर्नुपर्ने काउन्सिलको ठहर छ ।

kaaun

 पत्रकार र सञ्चारमाध्यमले स्रोत र आधार उल्लेख गरी सत्य, तथ्य, बस्तुनिष्ठ एवम् सन्तुलित सूचना सम्प्रेषण गर्नुपर्दछ ।” भन्ने व्यवस्थाको उल्लङ्घन भएकोमा त्यस अनलाइनबाट गरिएको सामान्य क्षमायाचना प्रयाप्त नहुने भन्दै प्रेस काउन्सिल नेपालका अध्यक्ष बोर्णवहादुर कार्कीले सम्वन्धित सञ्चारमाध्यमलाई पत्राचार गरी त्यस्तो आपत्तीजनक समाचार कसरी सम्प्रेषण हुन गएको हो ? सो समाचार संकलन गर्ने संबाददाता, समाचार सम्पादन गर्ने सम्पादक समेतको विवरण खुल्ने गरी आधार र कारणसहित ३ दिनभित्र स्पष्टीकरण पेश गर्न निर्देशन  गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित