स्वरेजले दिलाए बार्सिलोनालाई ला लिगाको उपाधि

Luis-Suarez-1काठमाडौं : स्पेनिस ला लिगा फुटबलको उपाधि बार्सिलोनाले जितेको छ । लुइस स्वरेजको हृयाट्रिकको मदतमा बार्सिलोना लिग च्याम्पियन बनेको हो । शनिबार राति भएको लिगको अन्तिम खेलमा ग्रानाडालाई ३–० ले हराउँदै बार्सिलोनाले लगातार दोस्रो तथा समग्रमा २४ औं उपाधि जितेको हो । बार्सिलोनाले ग्रानाडासँग खेलिरहँदा रियल मड्रिडले डिपोर्टिभोसँग खेलेको थियो । यदि बार्सिलोना बराबरीमा रोकिएको वा पराजित भएको भए र रियलले जित हात पारेको भए उसले उपाधि जित्ने थियो । त्यसैले रियलको अपेक्षा ग्रनाडाले बार्सिलोनालाई हराइदिओस् भन्ने थियो । तर, ग्रानाडाको घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले २२ औं मिनेटमा अग्रता लियो । ३८ औं मिनेटमा स्वरेजले दोस्रो गोल गरेपछि बार्सिलोना पहिलो हाफमा २–० को अग्रता लिन सफल भयो । खेलको ८६ औं मिनेटमा स्वरेजले हृयाट्रिक पुरा गर्दै बार्सिलोनालाई स्पेनिस ला लिगा फुटबलको उपाधि दिलाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित