अवकासको डेढ वर्षपछि चार डिआईजीको एआईजीमा बढुवा

yadavकाठमाडौं । अवकास भएको डेढ वर्षपछि नेपाल प्रहरीका चार जना डिआईजीको  एआईजीमा  भएको छ  ।  मन्त्रिपरिषद्को बैठकले अवकाश भइसकेका डिआईजीहरु यादव अधिकारी, सुशीलबरसिंह थापा, पर्शुराम खत्री र विश्वराज शाहीलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो । बढुवा क्रमअनुसार आफूहरुलाई डिआईजीबाट एआईजी नबनाएको भन्दै उनीहरु अदालतमा पुगेका थिए ।

  अदालतले बढुवा गर्न अन्तरिम आदेश सुनाएपछि पनि गृहमन्त्रालयले यसअघि छुटेका उनीहरुलाई एआईजी बनाउने प्रस्ताव मन्त्रीपरिषद्मा लगेको थिए । तर अदालतको आदेशको अवहेलना भएको भन्दै चौतर्फी आलोचना भएपछि गृहमन्त्री शक्तिबहादुर बस्नेतले उनीहरुलाई एआईजी बनाउने प्रस्ताव लगेका थिए ।

  २०७१ साल असोज २९ गते अर्थात् उनीहरुको अवकाश पाएको दिनदेखिकै तलव सुविधा पाउने गरी विशेष दरबन्दी सिर्जना गरी बढुवा गरिएको हो ।   चारै जनाले आगामी फागुन ३ गते नियमित अवकाश पाउने छन् । उनीहरु प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालका ब्याजी हुन् ।

प्रतिक्रिया

सम्बन्धित