नेपाल सेमिफाइनलबाटै बाहिरियो

काठमाडौं : डिफेन्डर भारतलाई पराजित गरेको नेपाल आज अफगानिस्तानसँग ७ विकेटको हार व्यहार्दै एसीसी यू–१९ एसिया कप क्रिकेटको सेमिफाइनलबाटै बाहिरिएको छ । २०११ मा आायरल्याण्डमा भएको यू–१९ को ग्लोबल छनोटयता नेपालले अफगानिस्तानलाई हराउन सकेको छैन । तीन महिनाअघि विश्वकप छनोटमा भएको दुबै भेटमा पनि नेपाल हारेको थियो । यो पटक समूह चरणमा बंगलादेशसँग सम्मानजनक प्रदर्शन गर्नुका साथै भारतलाई हराएको थियो । टस हारेर ब्याटिङको निम्तो पाएको नेपाल २८ ओभरमा १०३ रन जाड्दा अलआउट भयो । जुन लक्ष्य अफगानले ३ विकेट गुमाएर २०.३ ओभरमा भेट्टायो । यसअघि २ रन जोड्दा पहिलो विकेटका रुपमा आसिफ शेखलाई गुमाएको नेपालले थप ७ रन जोड्दा अर्का ओपनर जितेन्द्र सिंहलाई गुमायो । मलेसियाको किनरारा ओभल मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपाल २८ ओभरमा एक सय तीन रनमा अलआउट भयो। खराब ब्याटिङ गरेको नेपालका लागि अनिल शाहले ५० रन जोडे पनि अन्य सवै ब्याट्सम्यानले दोहोरो रन जोड्न नसकि पवेलियन फर्किए। नेपालको स्कोर दुई रन हुँदा आसिफ सेख खाता खोल्न नपाउँदै मैदानबाट बाहिरिएका थिए। त्यसपछि अर्का ओपनर जितेन्द्रसिंह ठकुरी पनि मात्र एक रनमा आउट भए पनि नेपालले नौ रनमा दोस्रो विकेट गुमायो। अर्का भरपर्दा ब्याट्सम्यान कप्तान दिपेन्द्र सिंह ऐरी ६ रनमा आउट भएपछि नेपालको स्कोरबोर्डमा रन जोडन संघर्ष गर्न बाध्य भयो। त्यसपछि नेपालको स्कोर ४१ रन हुँदा रोहितकुमार पौडेल मात्र चार रनमा आउट भए। एकपछि अर्को विकेट गुमाएको नेपालको नेपालले ८५ रन हुँदा थप पाँच विकेट गुमायो। अन्ततः नेपाल मात्र १ सय ३ रनमा अलआउट भयो। नेपालका पारीलाई ध्वस्त बनाउन मुजीव उर रहमान एक्लैले ६ विकेट लिए। अब फाइनलमा अफगानिस्तानले उपाधिका लागि पाकिस्तानसँग प्रतिश्पर्धा गर्नेछ। यसअघि समूह चरणको खेलमा अफगानिस्तानले पाकिस्तानलाई हराइसकेको छ।

प्रतिक्रिया

सम्बन्धित