नेपाली राष्ट्रिय क्रिकेट टोलीमा फेरबदल

काठमाडौँः टी–२० विश्वकप क्रिकेट छनौट खेलमा लगातारको खराब प्रदर्शनपछि राष्ट्रिय टोलीमा परिवर्तन गरिएको छ । लामो समयदेखि राष्ट्रिय टोलीमा पर्दै आएका विकेटकिपर ब्याट्सम्यानहरु सुवास खकुरेल र विनोद भण्डारीलाई टिमबाट हटाइएको छ । यस्तै चोटका कारण अलराउण्डर सागर पुन पनि राष्ट्रिय टिमबाट बाहिरिएका छन् ।

नेपालले यही जुलाई २९ र ३१ मा स्कटल्यान्डसँग २ एकदिवसीय क्रिकेट खेल्दैछ । गत वर्ष डिभिजन टु क्रिकेटमा गरेको प्रदर्शनका कारण विश्व क्रिकेट लिग च्याम्पियनसिपमा पुगेको नेपालको यो पहिलो खेल हुनेछ । Nepal Cricket Team

नेपाली राष्ट्रिय टिमका प्रशिक्षक पुबुदु दासानायकेले महेश क्षेत्री, अविनाश कर्ण र पृथु बाँस्कोटालाई स्कटल्यान्डसँगको खेलमा राष्ट्रिय टिममा समावेश गरिएको छ ।

घाइते भएका कारण पृथु लामो समयदेखि राष्ट्रिय टिमभन्दा बाहिर रहँदै आएका थिए । महेश र पृथु इंग्ल्याण्डमै खेलिरहेका छन् । सुवास र विनोदलाई टिमबाट हटाइएपछि महेशले स्कटल्यान्डसँगको खेलमा विकेटकिपरको भूमिका निभाउनेछन् । अविनाश कर्ण नेपाली टिमसँग ‘ब्याकअप’ खेलाडीका रुपमा डब्लिनमा नै रहेका छन् ।

पृथु केन्ट क्रिकेट लिगको डिभिजन २ मा अपचर्च क्रिकेट क्लबबाट खेलिरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित