अन्तर्राष्ट्रिय सहयोग मार्फत नेपालको पुननिर्माणमा नेपाल अघि बढ्नेः परारष्ट्र मन्त्री

काठमाडौँः परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डेले नेपालमा उपलब्ध स्रोत साधनको उपयोग गर्दै अन्तर्राष्ट्रिय सहयोग मार्फत नेपालको पुननिर्माणमा नेपाल अघि बढ्ने बताउनु भएको छ । काठमाडौँमा सुरु भएको दाता सम्मेलनमा बोल्दै मन्त्री पाण्डेले नेपालमा ध्वस्त भएको भौतिक संरचनालाई निर्माण मात्र नभइ नयाँ निर्माणका लागि नेपालले विश्व समुदाय र मित्रराष्ट्रबाट उपलब्ध सहयोगबाट अघि बढ्ने बताउनु भयो । उहाँले पिडिएनएले तयार पारेको कार्य योजना अनुसार ६।६६ विलियन डलर बराबरको आर्थिक व्यवस्था गर्नु परेको पनि बताउनु भयो । सम्मेलन पीडितका लागि पुनर्स्थापना र पुनर्निर्माणका लागि उपलब्धिमूलक हुने उहाँको दावी छ ।

ICNR (1)

प्रतिक्रिया

सम्बन्धित