भ्यालेन्टाइन डेमा स्मार्ट डोकोको ‘डोकोभरी माया’

काठमाडौं । यस वर्षको ‘भ्यालेन्टाइन डे’ लाई लक्षित गर्दै अनलाइन सपिङ पोर्टल स्मार्ट डोकोले ‘डोकोभरी माया अभियान’ सुरु गरेको छ । यस अभियानअन्तर्गत तीन भाग्यशाली बिजेताले तीन विशेष प्रकारको उपहार एवं विभिन्न ब्राण्डको सामान खरिदमा ५० प्रतिशत सम्मको छुट दिने कम्पनीले जनाएको छ ।

स्मार्टडोकोबाट एक हजारसम्म वा सो भन्दावढि आफ्नो प्रेम गर्ने व्यक्तिको लागि उपहार खरिद गर्ने ग्राहक लक्की ड्र का लागि योग्य हुने बताइएको छ ।

खरिदकर्ताले आफुले किनेको उत्पादनको फोटो वा स्क्रीनसट ह्यासट्रयाक ३मयपयदजबचष्mबथब को प्रयोग गरी फेसबुक वा इन्स्टाग्राममा अपलोड पनि गर्नु पर्नेछ । डोकोभरी माया अभियान १ फेबु्रअरीदेखि १३ फेबु्रअरीसम्म सञ्चालन हुने छ र तीन भाग्यसाली विजेताको नाम १४ फेब्रुअरीमा घोषणा गर्ने बताइएको छ ।

सो अभियानअन्तर्गत लविम मलमा चाँडै नै मल एक्टीभेसन अल्टीमेट अनलाइन मेघा स्टोरले सुरुवात गर्दैछ । तत्पश्चात सो मलमा भ्रमण गर्नेहरुले मनमोहक गिफ्ट ह्याम्पर स्मार्ट डोकोबाट प्राप्त गर्न सक्नेछन् ।

घडी, पर्फयुम, जुत्ता, बुकेट, केक सफ्ट खेलौना, कस्मेटिक्स जस्ता वस्तुहरु डोकोभरी मायाले उत्कृष्ट मूल्यमा विशेष भ्यालेन्टाइन उपहार प्रदान गर्नेछ । ग्राहकवर्गले आफुलाई मनपर्ने मोवाइलफोन, विद्युतीय सामान, फेशन आइटम, वेवी केयर, पेट केयर, खानेकुरा र पेयपदार्थलगायत १८ क्याटेगोरिका वस्तुहरु स्मार्टडोकोबाट खरिद गर्न सक्नेछन् ।

स्मार्टडोकोले काठमाडौंको रिङ्गरोडभित्र प्रदान गर्ने निशुल्क डेलिभरी सुविधा प्रदान गर्दै आएको छ । यसले काठमाडौलगायत देशका अन्य शहरहरु पोखरा, धरान, इटहरी, विराटनगर, नारायणघाट, विरगञ्ज, दाङ, नेपालगञ्ज र विर्तामोडमा पनि डेलिभरी गर्नेछ ।

स्मार्ट डोकोका अनुसार एक जोडीको लागि होटल ¥याडिसन, काठमाडौंमा रात्रीभोज, एक जोडीको लागि दहिल बुटिक होटल, पोखरामा रात्रीभोज र एक जोडीको लागि होटल सिङ्गी, काठमाडौंमा रात्रीभोजको उपहार प्रदान गर्ने छ ।

प्रतिक्रिया

सम्बन्धित