पार्टी एकताका लागि प्रचण्डलाई सहमतिको जिम्मा

prachanda1

ललितपुर । नेकपा माओवादी केन्द्रले पार्टी एकता सम्बन्धी समझदारीलाई लिखित रुपमा टुंग्याउने जिम्मा पार्टी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लाई दिएको छ । अध्यक्ष प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग मौखिक सहमति भएको सुनाएपछि बैठकले लिखित समझदारी गर्ने जिम्मा उनैलाई दिएको बैठकमा सहभागि नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

दाहालको निवास खुमलटारमा बसेको बैठकमा एमालेसँग दुई अध्यक्ष रहने र आलोपालो सरकारको नेतृत्व गर्नेगरी सहमति भएको ब्रिफिङ  दाहालले गरे ।

वुधबार बिहान मात्रै दुई पार्टीका अध्यक्षबीच भएको छलफलपछि दुवै पार्टीको छुट्टा–छुट्टै बैठक बस्यो । एमाले स्थायी कमिटि बैठक ललितपुरको मानभवन बस्यो भने, माओवादीको खुमलटारमा । आन्तरिक बैठकपछि दुबै दलका नेताहरु मानभवनमै जम्मा भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित