एमबीबीएस पढ्न गएका १२ सहित २२ नेपालीको मृत्यु, दुर्इ विद्यार्थी बाँच्न सफल

काठमाडौं । आज दिउसो भएको युएस बंगलाको जहाज दुर्घटनामा परी २२ नेपालीको मृत्यु भएको छ। जसमध्ये १५ जना बंगलादेशमा एमबीबीएस अध्ययन गर्न गएका विद्यार्थी परेको बताइएको छ । जहाजमा चालक दलका सदस्यसहित ७१ यात्रु थिए। तीमध्ये ३३ जना नेपाली थिए। अन्य नेपालीहरुमा धेरै ट्राभल एजेन्सीमा काम गर्ने व्यक्तिहरु रहेको बताइएको छ ।

घाइते ११ नेपालीको राजधानीका विभिन्न अस्पतालमा उपचार भइरहेको नेपाल प्रहरीका प्रवक्ता मनोज नेउपानेले जानकारी दिए।

दुर्घटनामा परी दुई पाइलट र नेपालीसहित ४९ यात्रुको मृत्यु भएको छ। दुई जना चालक दलका सदस्यसहित ९ विदेशी घाइतेको उपचार भइरहेको छ।

दुर्घटनाग्रस्त जहाजबाट ३१ जनाको शव निकालिएको छ। बाँकी १८ जनाको उपचारका क्रममा राजधानीका विभिन्न अस्पतालमा मृत्यु भएको हो । जहाजमा नेपालीसहित ३२ जना ब‌ंगाली १ जना माल्दिभ्सका नागरिक र १ चिनियाँ नागरिक थिए।

ब‌ंगलादेशको ढाकाबाट काठमाडौं आएको सो जहाज दिउँसो २ बजेर १८ मिनेट जाँदा अवतरण क्रममा दुर्घटनामा परी आगलागी भएको थियो।

प्रतिक्रिया

सम्बन्धित