पृथ्वीको आयु पत्ता लगाउने बैज्ञानिक स्टिफन हकिङ्गको निधन

काठमाडौं । विश्वका चर्चित बैज्ञानिक स्टीफन हकिङ्गको निधन भएको छ । उनको ७६ वर्षको उमेरमा निधन भएको हो । भौतिकशास्त्रका विद्वान सिद्धान्तकार एवं प्रचलित ‘अ ब्रिफ हिस्ट्री अफ टाइम’ पुस्तकका बेलायती लेखक स्टेफन हकिङको ७६ वर्षको उमेरमा लण्डनमा निधन भएको छ ।

सापेक्षवादको सिद्धान्त र ब्ल्याक होलका बारे विभिन्न नयाँ तथ्य पहिल्याउने हकिङलाई भौतिकशास्त्रमा अल्बर्ट आइन्स्टाइनपछिका प्रखर वैज्ञानिक मान्ने गरिन्छ। हकिङका छोराछोरी लुसी, रोबर्ट र टिमले बीबीसीसँग भनेका छन्—‘आज हाम्रा प्रिय बुबा बित्नुभएको छ, हामी मर्माहत छौं।’

उनी विगत लामो समयदेखि शरीरको धेरै भागहरु नचल्ने रोगबाट ग्रसित थिए । ब्याक होल पत्ता लगाएका उनलाई खगोलशास्त्रका चर्चित बैज्ञानिक मानिन्छ । उनलाई अमेरिकाले सबैभन्दा उच्च नागरिक सम्मान दिएको छ । उनको ‘अ ब्रिफ हिस्ट्री अफ टाइम’ किताब चर्चित छ । यो सर्वाधिक बिक्री भएको पुस्तक मानिन्छ ।

हकिङ्ग क्याम्ब्रिज विश्वविद्यालयमा सैद्धान्तिक ब्रम्हाण्ड विज्ञान केन्द्रका शोध निर्देशक समेत थिए । उनी ह्वीलचेयरमा हिँडडुल गर्थे । उनको भनाइअनुसार २१ वर्षको उमेरमा डाक्टरहरुले मोटर न्यरोन नामक बिरामी भएको जानकारी दिएका थिए ।

दुर्लभ रोग मोटर न्यरोनको उपचार गरेपछि चिकित्सकले केही वर्ष मात्र बाँच्छ भनेका थिए । त्यसपछि उनी व्हीलचियरको सहारा लिन बाध्य भए र उनको ‘भ्वाइस सिन्थोसाइजर’ सहाराले मात्र बोल्थे । हकिङ्गको जन्म बेलायतमा ८ जनवरी १९४२ मा भएको थियो । सधैं व्हील चियरमा रहने उनले शारीरिक असक्षमताका बाबजुद मानिसले केसम्म गर्न सक्छ भन्ने मानक बनाएका छन् ।

सन् २०१४ मा हकिन्स पहिलोपटक फेसबुकमा छाए । फेसबुकको पहिलो पोस्टमा उनले लेखेका थिए ‘म हमेसा सृष्टिको रचनामाथी केन्द्रित छु । समय एवं अन्तरिक्ष हमेसाका लागि रहस्य बन्न सक्छ । यसमा मेरो कोसिस रोकिन्न ।’

हकिङ्गले पारवाणिक युद्धको जोखिम र विश्वव्यापी जलवायु परिवर्तनले पृथ्वीको आयुमा चुनौति थपिरहेको पटक-पटक बताउने गरेका थिए ।

उनले यसअघि नै पृथ्वीमा मानव जीवन अबको एक हजार वर्षमात्र टिक्ने भविष्यवाणी गरेका थिए । अक्सफोर्ड युनियनमा आयोजित एउटा बहसमा बोल्दै उनले भनेका थिए–‘यसबाट मानवजातिलाई जोगाउने एक मात्र उपाय भनेको अर्को बस्नयोग्य ग्रह पत्ता लगाउनु हो,’ उनले भने, ‘मानवताको भविष्यका लागि हामीले अन्तरिक्षमा जाने सिलसिला जारी राख्नुपर्छ । हामी यो संवेदनशील ग्रहमा अर्को एक हजार वर्षभन्दा बढी जीवित रहन सक्नेछैनौं ।’

प्रतिक्रिया

सम्बन्धित