इन्सपेक्टरदेखी एआईजीसम्मको वढुवा गर्ने तयारी, आयोगले दियो सहमति,

काठमाडौं । गृह मन्त्रालयले निर्वाचन आचारसंहिता लागू भएका बेला प्रहरी अधिकृतको बढुवा गर्ने तयारी गरेको छ । मन्त्रालयले तीन दिनअगाडि निर्वाचन आयोगसँग सहमति मागेको थियो । सोमबार मन्त्रालयलाई दुई एआईजी, तीन डीआईजी, पाँच एसएसपी,पाँच डीएसपी र सात इन्सपेक्टरलगायतको बढुवा गर्न सहमति दिएको छ। चुनावको मुखमा प्रधानमन्त्री शेरबहादुर देउवा आफैंले गृहका अधिकारीलाई दबाब दिँदै बढुवा गर्न आयोगसमक्ष सहमति माग्न लगाएका हुन् ।

  डीआईजी नवराज सिलवालले राजीनामा दिएपछि तीन एसएसपीलाई डीआईजीमा बढुवा गर्नुपर्ने हुन्छ । एसएसपी बलराम शर्मा पौडेलले आइतबारबाट अवकाश पाएका छन् ।

  उनको अवकाशसँगै दुई एआईजी बढुवा भएपछि पाँच जना एसपीलाई एसएसपीमा बढुवा गर्न बाटो खुल्नेछ । सरकारले यसअघि एसएसपी राजेन्द्रमान श्रेष्ठलाई डीआईजीमा बढुवा गरिसकेको छ ।

  अहिले डीआईजी हेमन्त पाल, पंकज श्रेष्ठ, मधु पुडासैनी, माधव नेपाल र गोविन्द निरौला बढुवाका प्रतिस्पर्धी हुन् । निरौला अमेरिकामा छन् । अन्य चार जना भने एआईजीमा बढुवा हुन दौडधुपमा लागेको स्रोतले बतायो ।

  त्यसैगरी, एसएसपी केदार रिजाल, दिनेश अमात्य, पिताम्बर अधिकारी, शेरबहादुर बस्नेत, दीपक थापा, दानसिंह बोहरा, सुभाष चौधरी, श्याम खत्री र नारायणसिंह खड्का डीआईजी बढुवाका प्रतिस्पर्धी हुन् । प्रहरी महानिरीक्षक प्रकाश अर्यालले सुरुमा हाल रहेका एआईजी कायम गरी नथप्ने विषयमा प्रधानमन्त्री देउवासमक्ष कुरा राखे पनि देउवाले थप्नुपर्ने अडान राखेका थिए । प्रहरी मुख्यालय स्रोतका अनुसार तत्कालीन गृहमन्त्री शर्माले खाली रहेका पदमा बढुवा गरिसकेका थिए । अहिले खाली देखाएर बढुवा गर्ने तयारीमा गृह लागेको छ ।अन्नपूर्णमा खबर छ

प्रतिक्रिया

सम्बन्धित