पर्यवेक्षणका नाममा धर्म प्रचार गर्नेहरुले हामीलार्इ सिकाउने ? : प्रधानमन्त्री

काठमाडौं । धानमन्त्री केपी शर्मा ओलीले युरोपेली संघ ९ईयू०ले निर्वाचन पर्यवेक्षणका नाममा नेपालको सार्वभौमसत्तामाथि हस्तक्षेप गरेको आरोप लगाएका छन्। युरोपियन युनियनको निर्वाचन पर्यवेक्षण मिसनको सुझावप्रति आपत्ति जनाउँदै प्रधानमन्त्री ओलीले भने–‘पर्यवेक्षणको नाममा प्रतिशोध लिने काम भएको छ । निर्वाचन पर्यवेक्षणका नाममा धर्म प्रचार गर्न आएका कतिपयलाई फर्काइएको विर्सनु हुँदैन र त्यसैको वहनामा प्रतिशोध लिन खोज्नु पनि जायज होइन ।’

जनाएका छन्। राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक) को पर्यवेक्षण मूल प्रतिवेदन सार्वजनिक गर्ने कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले इयूले आफ्नो प्रतिवेदन सच्याउनु पर्ने बताएका हुन्।

इयूको निर्वाचन पर्यवेक्षण मिसनले खस आर्यको आरक्षण खारेज गर्न सुझाव दिएको थियो। उक्त प्रतिवेदनबारे परराष्ट्रमन्त्रालयले विज्ञप्ती जारी गर्दै आपत्ति समेत जनाएको थियो। नेपालले गरेको विरोध पछि पनि प्रतिवेदन नसच्याई इयूले जिद्दिपन गरेको उनको भनाई थियो।

नेपाली जनताले प्राप्त गरेका उपलब्धीलाई अबमूल्यन गर्ने अधिकार कसैलाई नभएको भन्दै प्रधानमन्त्रीले त्यसो नगर्न चेतावनी दिए।

प्रतिक्रिया

सम्बन्धित