कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । नेपाली कांग्रेसका नेता खुमबहादुर खड्काको निधनको शोकमा कांग्रेसले जारी केन्द्रीय समितिको बैठक स्थगित गरेको छ । निर्वाचन समीक्षा गर्न भनेर यही चैत ९ गतेबाट कांग्रेस केन्द्रीय समिति बैठक शुरु भएको थियो ।

आइतबार बिहान ११ बजे बस्ने बैठकमा खड्काको निधनमा शोक प्रस्ताव मात्र पारित हुनेछ र अर्को सूचना जारी नभएसम्मका लागि स्थगित हुने कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए । उनले भने–‘स्वर्गीय खड्काप्रति सम्मान प्रकट गर्दै बैठक स्थगित हुनेछ ।’

प्रतिक्रिया

सम्बन्धित